समाचार

काभ्रेको बेथानचाेकमा बस दुर्घटना सत्रकाे मृत्युु मृतकको संङख्या बढन सक्ने

मंसिर ,२७

काभ्रेपलान्चोक । काभ्रेको बेथानचाेक गाउँपालिका वडा नम्बर ४ चलाल गणेश स्थानमा यात्रुबाहक बस दुर्घटना हुदाँ १७जनाकाे घटनास्थलमा मृत्युु भएको छ ।

काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार घटनास्थल र उपचारको सिलसिलामा अस्पतालमा  गरी १७ जनाको मृत्यु भएको हो । घाइतेहरूको तत्कालै उद्वार गरि बनेपाको शिरमेमाेरीयल र धुलिखेल सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

बनेपा ११ बाट ब्रतबन्धका लागि बेथानचोक गाउँपालिका–५, च्याल्टी पुगेर फर्किँदै गरेको बा ३ ख ४३८५ नम्बरको रिजर्भ बस मंगलबार साँझ दुर्घटनामा परेको हो ।

स्थानीयका अनुसार रिजर्भ फर्केको बसमा चालक सहित ४२ जना रहेका थिए । दुर्घटना लगत्तै सेना पुलिस र स्थानियकाे सहयोगमा उद्वार कार्य भएको थियो । मृतकको संङख्या बढन सक्ने बताइएको छ ।

घाइतेलाई थप उपचारको लागि काठमाडौ पठाइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *