समाचार
संसदीय दलकाे नेतामा देउवाको विकल्प नभएको खड्काकाे दावी

मंसिर ,१५
काठमाडौ । नेपाली काङ्ग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संसदीय दलकाे नेतामा सभापति देउवा नै रहने ठाेकुुवा गर्नु भएको छ।
ललितपुरको बाँडेगाँउमा पूर्वप्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका स्वर्गीय नेता कृष्णप्रसाद भट्टराईको सालिकमा माल्यार्पण गर्दै नेता खड्काले नेपाली काङ्ग्रेस संसदीय दलकाे नेतामा देउवाले चाहादासम्म अरुकाे केही नलाग्ने बताउनु भएको हो ।
उहाँको भन्नुभयो – “काङ्ग्रेस सभापति देउवाको नेतृत्वमा निर्वाचन सम्पन्न भएको छ र आगामी दिनमा देउवाकै नेतृत्वमा सरकार बन्ने छ। तर त्यो सरकार गठबन्धन दलहरु मिलेर बन्न छ।
पार्टी भित्र अन्य साथीहरूले आशा राख्नु स्वभाविक हाे तर सबैलाई चित्त बुझाएर सहमतिमा अगाडि बढने पनि खड्काले बताउनु भयो ।


