समाचार

राखेप पूर्व सदस्य सचिव सिंहकाे निधन

मंसिर ,१५

काठमाडौ । राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिव किशोर बहादुर सिंहकाे निधन भएको छ।

हिजाे राति अचानक स्वास्थ्यमा खराबी भए पछि थापाथलिकाे नर्भिक हस्पिटल लगिएका सिंहकाे निधन भएको उहाँका भतिज समीर बहादुर सिंहले जानकारी दिनु भयो ।

सिंह २०५९ देखि २०६३ सम्म राखेपकाे सदस्य सचिब भएर काम गर्नु भएको थियो । उहाँ व्याडमिन्टन च्याम्पियन हुनु हुन्थाे। सिंहकाे छाेरी बेलायतबाट आएपछि अन्तिम संस्कार सम्पन्न हुने परिवार स्ाेतले जनाएको छ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *