टुकी संवाददाता ६, मंसिर
नुवाकोट । नुवाकोट प्रतिनिधि सभा २ नम्बर क्षेत्रमा मत गणना जारी छ । साँझ ६ बजे सम्मकाे प्राप्त परिणाम अनुसार नेपाली काङ्ग्रेसका नेता अर्जुन नरसिंह के .सि.अग्र स्थानमा हुनुहुन्छ ।
गठबन्धनबाट साझा उम्मेदवार रहनु भएका नेता के. सि. ले ३ हजार ९७८ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्दि नेकपा एमालेका नारायण खतिवडाले २ हजार ५८ मत प्राप्त गर्नु भएको छ।
नेकपा एमालेका उम्मेदवार खतिवडालाई के .सि. ले ८ हजार ५६ मत गणना भई सक्दा १ हजार ९२० मतले पछाडि पर्नु भएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुमन पाण्डेले १ हजार २६९ मत प्राप्त गर्नु भएको छ ।
नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले पाएकाे मत परिणामलाई तुलना गर्दा काङ्ग्रेसका उम्मेदवार के.शि. काे विजय सत् प्रतिसत हुने देखिन्छ ।
नुवाकोट प्रतिनिधि सभा क्षेत्र २ मा जम्मा ६६ हजार ७३९ मत खसेकाे थियो ।


