समाचार

प्रतिनिधि सभामा काङ्ग्रेसबाट सीता गुरुङ मात्रै निर्वाचित, महिला प्रतिनिधित्व एक मात्र

मंसिर, ११
काठमाडौं । मंसिर ४ काे निर्वाचनमा नेपाली कांग्रेसबाट प्रतिनिधिसभामा एक जनामात्रै महिला उम्मेदवार सीता गुरुङ निर्वाचित हुनु छन् ।

कांग्रेसले पुष्पा भुसाल, महालक्ष्मी उपाध्याय ‘डिना’, सुजाता कोइराला, र सीता गुरुङलाई प्रत्यक्षतर्फ चुनाव लड्ने मौका दिएको थियो । तर, भुसाल, डिना र कोइराला तीन जना पराजित हुन पुग्नु भयो भने गुरुङ तेह्रथुमबाट प्रतिनिधिसभामा निर्वाचित हुनु भयो ।

नेकपा एमालेका विजय सुब्बालाई १ हजार ७९ मतले पछाडि पार्दै गुरुङ विजयी भएकी हुन् । निर्वाचित भएसँगै उनी प्रतिनिधिसभाको प्रत्यक्षतर्फ चुनाव जित्ने कांग्रेसकी एक्ली महिला भएकी छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *