समाचार
सिन्धुपाल्चोक क्षेत्र नम्बर १ प्रदेश सभा १ मा नेपाली काङ्ग्रेसकि नेतृ मसिना खड्का विजयी

मंसिर ,७
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक प्रतिनिधि सभा १ प्रदेश सभा १ मा नेपाली काङ्ग्रेसकि उम्मेदवार मसिना खड्का विजयी हुनु भएको छ।
खड्काले १ हजार १६२ मतान्तरले नेकपा एमालेका युद्व विक्रम तामाङलाई पछाडि पार्दै जीत हासिल गर्नु भएको हो ।
निर्वाचन अधिकृतकाे कार्यालयले सार्वजनिक गरेको परिणाम अनुसार नेपाली काङ्ग्रेसकि नेतृ खड्काले १४६५२ र निकटतम प्रतिद्वन्द्वि तामाङले १३४९० मत प्राप्त गर्नु भएको छ।
नेतृ खड्का नेपाली काङ्ग्रेस वाग्मती प्रदेश सदस्य पनि हुनुहुन्छ ।

