समाचार
धादिङ २ मा रामनाथकाे अग्रता लाेहाेनीलाई हम्मे हम्मे

टुकी संवाददाता ,मंसिर ,७
धादिङ । प्रतिनिधि सभा धादिङ क्षेत्र नम्बर २ काे मत गणना जारी छ। निर्वाचन आयाेगले सार्वजनिक गरेको मत परिणाम अनुसार धादिङमा गठबन्धनका साझा उम्मेदवार नेपाली काङ्ग्रेसका रामनाथ अधिकारीले अग्रता कायम गरिरहनु भएको छ ।
नेपाली काङ्ग्रेसका उम्मेदवार अधिकारीले १४ हजार ५९८ मत प्राप्त गर्नु भएको छ भने उहाँका प्रतिस्पर्धि नेकपा एमालेका नेता खेम लाेहाेनिले ११ हजार ३१५ मत पाउनु भएको छ।
एमालेका लाेहाेनी भन्दा ३ हजार २८३ मतले अधिकारी अगाडि हुनुहुन्छ । हालसम्म दुबै उम्मेदवारकाे मत परिणामलाई विश्लेषण गर्दा लाेहाेनीले पराजित हुने निश्चित छ।

