विकास निर्माणकार्यमा कसैलाई विभेद नहुने – गठबन्धनका उम्मेदवारहरुकाे प्रतिबद्ता

+
-

बनेपा / कोशीदेखाको रोटेपिङ पुगेर गठबन्धनका उम्मेदवारले भने ‘विकासमा विभेद गर्दैनौं’

 

काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका वडा नम्बर १३ कोशिदेखामा लोकतान्त्रिक बाम गठबन्धनले कोणसभा सम्पन्न गरेको छ ।

आज विहान भएको कोणसभालाई सम्बोधन गर्दै काभ्रे प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ का शिव प्रसाद हुमागाईं र प्रदेश सभा १ का उम्मेदवार लक्ष्मण लम्सालले विकास निर्माणमा कुनै विभेद नगर्ने मतदातासँग प्रतिबद्धता जनाउनु भएको छ ।

कोणसभालाई सम्बोधन गर्दै हुमागाईले कोशीदेखा र सिँगो पाँचखालको विकासलाई कुनै विभेद नगर्ने दाबी गर्नुभयो । ‘हामीलाई विजयी गराउनु होस् । ब्यर्थै जिताएछौँ भन्ने कहिल्यै पार्ने छैनौं । यो हामी गठबन्धन दलको प्रतिबद्धता हो । हामी तपाईहरूसँग नै हुने छौं । हुमागाईंले भन्नुभयो ।’

दुबै उम्मेदवारले मुख्य सडकको कालोपत्रे र सहायक सडकको स्तरोन्नति गर्ने, खानेपानीको उचित ब्यवस्थापन गर्ने, सुनकोशी तेस्रो जलविद्युत आयोजनाको मुआब्जामा कोशीदेखालाई उच्च प्राथमिकता दिन पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

प्रदेश सभाको उम्मेदवार लक्ष्मण लम्सालले यस अघि पनि कोशीदेखाको विकास निर्माणमा कुनै विभेद नगरेको भन्दै आगामी दिनमा पनि विभेद नहुने बताउनुभयो । लम्सालको पहलमा कोशीदेखाको रोटेपीङसम्म कालोपत्रे भएको छ ।