काभ्रेको चाैरिदेउरालि गाउँपालिका वडा नम्बर ६ मा २०३०सालमा जन्मनु भएकि रुकु चाैलागाई नेकपा माअोबादि केन्द्रकाे केन्द्रीय सदस्य हुनुहुन्छ । किसान परिवारका बुबा नरहरि र अामा मनमाया चाैलागाईकाे कान्छी छाेरि उहाँ माअोबादि केन्द्रबाट प्रदेशसभामा समानुपातिक उमेद्वार हुनुहुन्छ ।
उहाँले प्रभा माध्यमिक विद्यालयबाट प्रारम्भिक शिक्षा सुरुगरि सर्वमगला माध्यमिक विद्यालय पाँचखालबाट २०४७ मा एस एल सि पास गर्नु भएको थियो र राजनिती शास्त्र र गा्मिन विकासमा स्नातकोत्तर हासिल गर्नु भएको छ ।
२०४५ सालमा माेटाे मसालबाट पार्टी सदस्य लिएर अखिल नेपाल महिला संघ का्न्तिकारिकाे संस्थापक जिल्ला अध्यक्ष हुनुभयो । एस एल सि पछि शिक्षण पेसा अगाल्नु भएकि चाैलागाई माओवादीले सुरु गरेको आन्दोलनमा २०५२ साल माघबाट नै फुलटाईमर भएर भुमिगत रुपमा लाग्नु भयो ।
एरिया सदस्यबाट पदिय दाहित्व निर्वाह गर्दैन ५३ सालमा जिल्ला कमिटी सदस्य ,५५मा पार्टी सेक्रेटरी ,पुर्वान्चल क्षेत्रीय व्युराे सदस्य बनेर २८ जिल्लाको नेतृत्वदायि भुमिकामा रहेर काम गर्नु भयाे ।
तत्कालीन जनयुद्धको समयमा २०६० सालामा पक्राउ पर्नु भयो र सरकारले झुटा मुद्दा लगायाे। उहाँ ३० महिना सुन्धारा स्थित महिला भद्रबन्दी गृहमा बस्नु परेकाे थियोे । ६२/६३ काे जनआन्दोलनमा पक्राउ परेका नेता कार्यकर्ता छुटाउने सरकारकाे सहमति अनुसार र त्यतिबेला नै अदालतबाट पनि मुद्दा फैसला भएर निसर्त रिहा हुनु भएको थियो ।
आन्दोलनपछि २०६४ मा संविधानसभाको निर्वाचन हुदा उहाँकाे ललितपुर जिल्ला कार्यक्षेत्र थियो । निर्वाचन पश्चात् काभ्रेमा रहनु भयो । २०६९ मा माओवादीबाट वैध समूह छुट्टिए , त्यतिबेला जिल्ला सेक्रेटरीकाे भुमिका निभाउनु परेको थियो ।
माओवाद अान्दोलनमा निरन्तर सकृयता देखाउदै २०७४ काे संघिय निर्वाचनमा समानुपातिक उम्मेदवारकाे बन्द सुचिमा हुनुहुन्थ्यो । निर्वाचन पछि एमालेसंग पार्टी एकता भएर नेकपा हुदा जिल्ला अध्यक्ष र, नेकपा विभाजन भएर माओवादी केन्द्रकाे पनि जिल्ला अध्यक्ष हुनु भयाे ।
नेतृ चाैलागाई हाल माओवादी केन्द्रकाे ७८काे महाधिवेशनबाट केन्द्रीय सदस्य हुनुहुन्छ ।मंसिर ४ गते हुने निर्वाचनमा बाग्मति प्रदेश सभा काभ्रेबाट नेकपा माओवाद केन्द्रकाे समानुपातिक उम्मेदवार हुनु भएको छ। उहाँको उम्मेदवारी खस आर्य महिला समुहबाट रहेको छ।बाग्मति प्रदेश निर्वाचन आयाेगले निकालेको समानुपातिक सुचिकाे नामावलिमा चाैलागाईकाे नाम दुई नम्बरमा रहेको छ।
उहाको राजनितीक त्याग , समर्पण ,निरन्तरता , सामाजिक सेवा , शैक्षिक याेग्यता , अनुभव आदि कुरा र कामकाे मुल्यांकन गर्दै समानुपातिकमा मतदान गर्न आग्रह गर्नु भएको छ।


