शान्ता थापा क्षेत्री नेपाली काङ्ग्रेस काभ्रेकि नेतृ हुनुहुन्छ । उहाँको जन्म २०४० साल बैसाख २३ गते सिन्धुपाल्चोक जिल्लामा भएको हो । बुबा हर्कबहादुर र आमा राधाकुमारि थापाको कान्छी छाेरि उहाँले आई ए सम्मकाे अध्यायन गर्नु भएको छ।
विगत लामाे समय देखि राजनितीमा सकृय उहाँले विभिन्न सामाजिक कार्यमा याेगदान पुर्याउदै आउनु भएको छ। राजनितीक परिवारमा जन्मेकी क्षेत्रीकाे बुबाले पनि राजनितिमा लामाे समय नेपाली काङ्ग्रेसमा रहेर सेवा गर्नु भएको थियो । पारिवारिक पृष्ठभूमि पनि राजनितीसंग आवद्ध भएका कारणले आफुलाई राजनितीमा लाग्न प्रेरणा मिलेको उहाकाे तर्क छ ।
नेतृ क्षेत्री नेपाली काङ्ग्रेसको १४अाै महाधिवेशनबाट बाग्मति प्रदेश सदस्य , महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य हुनुहुन्छ । २०७४ सालकाे स्थानीय तह निर्वाचनमा भुम्लु गाउपालिकामा नेपाली काङ्ग्रेसकाे उपाध्यक्षकाे प्रत्यासि क्षेत्री तत्कालीन नेकपा एमालेकि कल्पना श्रेष्ठसंग ४००काे मतान्तरले पराजित हुनु परेको थियो ।
समाजसेवी , युवा राजनितीकर्मि , महिला सशक्तीकरण अभियान्ता शान्ता क्षेत्री बाग्मति प्रदेश समानुपातिक खस आर्य महिलाकाे बन्द सूचीमा पर्नु भएको छ।
काभ्रे जिल्लाबाट बाग्मति प्रदेश सभामा जनजाति अल्पसंख्यक समानुपातिक काेटा अन्तरगत नेपाली काङ्ग्रेसकि नेतृ लक्ष्मि दनुवार मंसिर ४ काे निर्वाचनमा उम्मेदवार हुनुहुन्छ ।
उहाँको जन्म २०४४ सालमा काभ्रेको पाँचखाल नगरपालिकामा भएको हो । बुबा माईला ,अामा कान्छि दनुवारकाे किसान परिवारमा जन्मनु भएको थियो । रुलर डेभलपमेन्टमा स्नातकोत्तर गर्नु भएकी दनुवारले नारायण प्राथमिक विद्यालयमा पढाइ सुरु गर्नु भएको थियो । आजाद मा.वि. वालुवाबाट माध्यमिक शिक्षा हासिल गरे पश्चात् चैतन्य क्याम्पस बनेपाबाट उच्च शिक्षा प्राप्त गर्नु भएको हो ।
चैतन्य क्याम्पसबाट नेपाल विद्यार्थी संघकाे साधरण सदस्यता लिएर राजनिती सुरु गर्नु भएकि उहाँले २०६४ सालमा नेविसंघको जिल्ला सदस्य भएर काम गर्नु भयो । ६४ मा नेविसंघबाट महाधिवेशन प्रतिनिधि हुदै जिल्ला महिला संघ काभ्रेको जिल्ला सह सचिव , ११अाै महाधिवेशनमा महाधिवेशन प्रतिनिधि साथै २०७३ सम्म आदिवासीजनजाति संघ भातृसगठनकाे जिल्ला सचिवकाे पदिय जिम्मेवारीमा रहनु भएको थियो ।
२०७४काे स्थानीय तह निर्वाचनमा पाँचखाल नगरपालिकाबाट ६००० मत प्राप्त गरि उपमेयरमा विजयि हुनु भएको थियो ।त्यस अधि उहासंग बाल विकास समाज नामक संस्थामा रहेर काम गरेको अनुभव छ। सामाजिक कार्यमा सकृयता दनुवार उपमेयर हुदा न्यायिक समिति ,अनुगमन समिति ,राजस्व परामर्श र याेजना तर्जुमा संयाेजक बनेर पाँचखाल नगरलाई उत्कृष्ट नगर बनाउन भुमिका खेल्नु भयो ।
उहाँले आफ्नो कार्यकालमा अनुगमनलाई प्रभाबकारि बनाउदै सुशासनमा विशेष ध्यान दिनु भयो । नगर भित्र लघुउघम, महिला सशक्तीकरण , अपाङ्ग र एकल महिला कार्यक्रमलाई प्राथमिकता दिनु भयो ।
उनै समाजसेवी , जनपिृय , ईमानदार नेतृ बाग्मति प्रदेश सभाकाे काभ्रेबाट सामानुपातिक उम्मेदवार हुनुहुन्छ ।


