गगन थापालाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

+
-

काठमाडौं,

निर्वाचन आयोगले काङ्ग्रेस महामन्त्री तथा प्रतिनिधि सभा काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापालाई २४ घण्टे स्पष्टिकरण सोधेको छ।

 

निर्वाचन आयोगले ,निर्वाचन  आचारसंहिता उलङ्घन भएको भनि उजुरी परेपछि २४घण्टा भित्र आफै उपस्थित भई जवाफ दिन भनेको छ।

 

थापाले आफ्नो निर्वाचन क्षेत्रमा डेङ्गु भएर बसेकाहरुले घरघरमा सेवा पाउने भन्दै ट्युटर मार्फत मतदातालाई प्रभावित पार्न खोजेको भनिएको छ।

 

डेङ्गु भएर बसेकाहरुले आफ्नो नाम , ठेगाना प्रष्ट पारि फोन  ,एसएम एस  वा कुनै पनि माध्यमबाट जानकारी गराएमा तुरुन्त सेवा पाउन सकिने भन्दै फोन नम्बर राखेको उल्लेख गरिएको छ।

 

निर्वाचन आयोगमा परेको उजुरी अनुसार, निर्वाचन आचारसंहिता विपरित हुन गएकोले त्यसको जवाफ दिन भनिएको आयोगले बताएको छ।