अ+
अ
अ-
काठमाडौं,
नेकपा माओवादीका केन्द्रका नेता पुष्पकमल दाहाल प्रचण्डले ओलीबाट सिकेको ज्ञानले गठबंधन गर्न काम लागेको बताएका छन्।
पाँच दलिय गठबन्धनको वीरेन्द्रनगरमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले उक्त कुरा बताएका हुन्।” संविधान र लोकतन्त्र रक्षाका लागि गठबंधन भनेको हो, गठबन्धनलाई कसैले हल्कारुपमा नलिए हुन्छ “उनको भनाइ थियो।
उनले भने “बयल गाडा चढेर अमेरिका पुगिदैन भन्ने ओलीको मानसिकता अझै परिवर्तन भएको रहेनछ।”
गठबन्धनलाई कमजोर ठान्नु हुँदैन।
इतिहासमा पनि नराम्रा गतिविधिहरुलाई परास्त गर्न सबै दलको एकता भएको थियो। त्यसैले गठबंधनलाई कम्जोर नसोच्नु प्रचण्डको चेतावनी थियो।


