मनोरञ्जन

काे हुन यी एकीकृत समाजवादी काभ्रेका समानुपातिक उम्मेदवार

मंसिर ४गते हुने निर्वाचनका लागि काभ्रे जिल्लाबाट प्रतिनिधिसभा क्षेत्र नम्बर १ को  प्रदेशसभामा ३ जनाको नाम समानुपातिक बन्दसूचीमा समावेश भएको छ।

निर्वाचन आयोगले प्रकाशन गरेको बन्दसूची नामावलीमा आदिवासी जनजाति को तर्फबाट प्रदेशसभामा पासाङ्ग डोल्मो लामा,यसु लामा प्रदिप कुमार लामाको नाम बन्द सूचीमा परेको छ।

यहाँ टुकी नेटवर्कले समानुपातिक उम्मेदवारको संक्षिप्त विवरण प्रस्तुत गरेको छ।

यसु लामा :-
यसु लामाको जन्म २०४४ सालमा काभ्रेको गोठ्पानी- चौरिदेउराली गाउँपालिका  गाेठपानिमा भएको थियो ।उहाँले आफ्नो प्रारम्भिक शिक्षा  प्रभा मा बि कातिके देउराली देउरालिबाट सुरु गर्नु भएको थियो । आफ्नो जिल्ला काभ्रेमा अनेरास्ववियु बाट प्रारम्भ कमिटी सदस्य  र जिल्ला महिला बिभाग सदस्य भएर राजनितीक यात्रा सुरु गर्नु भएको थियो ।

२०६१ सालमा पशुपति बहुमुखि क्याम्पसकाे  प्रारम्भिक कमिटि सदस्य हुँदै कोषाध्यक्ष र पशुपति क्याम्पसको स्वतन्त्र बिध्यार्थी युनियनको कोषाध्यक्ष पनि निर्बाचित हन सफल हुनु भयो ।

नेतृ लामा काभ्रे जिल्ला कमिटी, अन्चल कमिटी सदस्य हुँदै २०६७ मा  अनेरास्ववियु केन्द्रिय सदस्य र  २०७० मा पश्चिम बाग्मती र निजि तथा सामुदायिक क्याम्पस इन्चार्ज भएर काम गर्नु भएको अनुभव छ । साथै २०७२ मा बिदेश बिभाग प्रमुख हुँदै अहिले उपाध्यक्ष हुनुहुन्छ ।

काभ्रे एमालेको  क्षेत्रीय कमिटी सदस्य हुँदै  २०७० सालमा एमालेकाे नवौ अधिवेशनबाट  जिल्ला कमिटी सदस्य निर्बाचित हुनु भयो ।

नेकपा एमालेबाट विभाजित भएर बनेर बनेकाे नेकपा एकीकृत समाजवादीकाे अहिले काभ्रे जिल्ला  उपसचिव भई काम गरिरहनु भएको छ।

नेकपा एमालेमा हुदा २०७० काे संविधानसभा निर्वाचनमा समानुपातिक  उम्मेदवारमा सिफारिस हुनुभएको थियो । समानुपातिक  उम्मेदवारमा सिफारिस हुनुभएको थियो ।    हाल काभ्रे क्षेत्र न. १ बाट बाग्मति प्रदेशमा समानुपातिक उम्मेदवार हुनुहुन्छ ।उहाँलाई कलम चिन्हमा मतदान गरि विजयी गराउन अपिल गर्नु भएको छ।

,पासाङ्ग ढोल्मो  लामा:
तेमाल गाउँपालिका साविकको  सर्स्युखर्क गाविसमा जन्मनुभएको हो। उहाँले सर्बोद्वार प्राथमिक विद्यालय बाट प्रारम्भ शिक्षा सुरु गर्नुभएको थियो भने जनचेतना माध्यमिक विद्यालयबाट माध्यमिक शिक्षा पुरा गर्नुभएको थियो। सोही विद्यालयबाट विद्यार्थी संगठनको प्रारम्भिक कमिटीको सदस्य हुनुभयो र राजनीति सुरु गर्नुभएको थियो।

विभिन्न समयमा भएका राजनितिक परिवर्तनमा विद्यार्थी संगठनले गरेको जिल्ला देखि राष्ट्रिय स्तरको आन्दोलनमा सक्रियता पुर्वक लाग्नुभएको थियो। नेतृ  पासाङ ढोल्मु लामा एक समयमा अखिलको लडाकु कार्यकर्ताको  रुपमा चर्चा बटुल्न सफल हुनुभएको थियो।

उहाँ अनेरास्ववियु पद्म कन्या क्याम्पस कमिटीको अध्यक्ष हुनुभयो। लामाले आफ्नो कार्यकालमा शैक्षिक क्षेत्रमा छात्रवृत्ति देखि विद्यार्थीहरूलाई यातायातमा ३३% छुट, ग्याँस, मट्टितेलमा लगायतका उपभोग्य वस्तुमा सरकारले ल्याएको मितिको विरुद्धमा आन्दोलनको अगुवाइ पनि गर्नुभयो।

अनेरास्ववियुको सत्रौ अधिवेशनबाट विद्यार्थी राजनीतिबाट बाहिरिनु भयो र ०६२/६३ को जनआन्दोलनमा निरंकुशता विरुद्धको लडाइँमा  मोर्चाको तर्फबाट नेतृत्व गर्नु भयो। त्यसपछि नेकपा एमालेले नयाँ भातृसंगठन आदिवासी जनजातिको मोर्चा बनायो र सोही मोर्चा लोकतान्त्रिक तामाङ संघको संस्थापक सदस्य हुनुभयो। तत्पश्चात उक्त संघको केन्द्रीय  नेतृत्वमा रहनुभएको थियो।

फरक फरक जिम्मेवारीमा रहेर काम गरेकी लामा हाल नेकपा एकीकृत समाजवादीको काभ्रेपलाञ्चोक जिल्ला सचिवालय सदस्य र अखिल नेपाल महिला संघको जिल्ला अध्यक्ष हुनुहुन्छ।

लामा एक सामाजिक अभियान्ता पनि हुनुहुन्छ। उहाँले उर्मति एसोसिएसन नेपाल मार्फत तेमाल र चौरीदेउरालि गाउँ पालिकाको विद्यालयहरुमा विभिन्न समयमा शैक्षिक सामाग्री र आवश्यक बस्तुहरु उपलब्ध गराइ सेवा गर्दै आउनुभएको छ।

निडर , स्पष्ट वक्ता,सरल स्वभावकी लामा नेकपा एस बाट प्रतिनिधि सभा क्षेत्र नम्बर एक प्रदेश सभाको समानुपातिक उमेद्वार हुनुहुन्छ कलममा समानुपातिक भोट दिएर अत्याधिक मतले विजयी गराउनु पर्नेछ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *