समाचार
धुलिखेलमा आगोलागी,एक उद्योगमा क्षति

काभ्रे / धुलिखेलको एक उद्योगमा आगोलागी भएको छ। धुलिखेल नगरपालिका वडा नम्बर ४ स्थित नुडल्स उद्योगमा आगलागी भएको हो ।
ए वान नुडल्स एण्ड सस उद्योगको ग्यास लिक भएर आगोलागी भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
आगोलागीबाट २करोड २५लाख बराबरको क्षति भएको उद्योग सञ्चालक शम्भु कार्कीले बताउनुभयो।
आगोलागी नियन्त्रणका लागि बनेपा धुलिखेल पनौती बाट दमकल ल्याइएको थियो । आगो नियन्त्रण गर्न तीन घन्टा समय लागेको थियो।


