विश्व

जेलमा रहेका एलेसलाई नोबल शान्ति पुरस्कार प्रदान गरिने

काठमाडौं,
यस वर्षको नोवल शान्ति पुरस्कार एलेस बिथालियात्स्कीलाई प्रदान गर्ने निर्णय भएको छ। शान्ति र प्रजातन्त्रको पक्षमा वकालत गरेका कारण पुरस्कारका निम्ति उनलाई छनौट गरिएको हो।

उनले विगत २९ वर्ष देखि शासन गरेका बेलारुस शासक अलेक्जेन्डर लुकासेन्स्को विरोधमा निरन्तर आवाज उठाउँदै आएका थिए। बेलारुसको शासकले उनलाई लामो समयदेखि बन्दि बनाएको थियो।

उनी र उनको संस्थाले राजनीतिक आस्थाका आधारमा जेलमा रहेका बन्दि र उनका परिवारलाई राहत सहयोग र समर्थन गरेको छ। बेलारुसमा लामो समयदेखि मानवअधिकार, पत्रकार र नागरिक समाज माथि निरन्तर दमन हुदै आएको छ।

एलेसको संस्थाले युक्रेय युद्धको पनि विरुद्ध गरेको थियो। यसैगरी रुसको मानव अधिकार संगठन यसको ‘मेमोरियल’ र युक्रेनको मानव अधिकार संगठन ‘सेन्टर फर सिभिल लिबर्टिज’ लाई पनि नोवल शान्ति पुरस्कार संयुक्त रुपमा प्रदान गर्ने बताइएको छ।

एलेसलाई नोबल शान्ति पुरस्कार घोषणा गरिएसँगै कारागारबाट रिहा गर्न अपिल गरिएको नोबल पुरस्कार समितिले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *