समाचार
राष्ट्रपतिले गुरुहरूबाट टीका ग्रहण गर्नुभयो

काठमाडौं
राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैंको टिका लगाउनुभएको छ। राष्ट्रपतिले गुरुहरू देवराज अर्याल र खेम चन्द्र ढकालको हातबाट बडा दशैंको टिका ग्रहण गर्नुभएको हो।
शितल निवाशमा ११बजेर ५१मिनेटको शुभ साइतमा राष्ट्रपतिले टीका लगाउनु भएको हो। राष्ट्रपतिले नेपाल सरकारका विशिष्ट व्यक्ति र सर्वसाधारणलाई पनि टीका लगाइदिने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।
उहाँले परिवारका अन्य सदस्यलाई पनि टीका लगाईदिने भएको छ। नेपाल सरकारका विशिष्ट व्यक्ति लाई २बजे देखि ३ र सर्वसाधारणलाई ३बजे देखि ५बजे सम्मको समयावधि निर्धारण गरिएको छ।
