समाचार
चुनाबी तयारीमा लाग्न कार्यकर्तालाई नेता लम्सालको आग्रह

काठमाडौं / नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा बागमती प्रदेशका सचिव लक्ष्मण लम्सालले कार्यकर्तालाई चुनावको तयारीमा लाग्न आग्रह गर्नुभएको छ। नेकपा यस भुम्लु गाउँपालिका कमिटीले काठमाडौंको जडिबुटीमा आयोजना गरेको विजयादशमी तथा दीपावलीको शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै नेता लम्सालले आगामी मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका लागि सक्रिय भएर लाग्न भन्नुभएको हो।
सम्पूर्ण भुम्लु वासि दाजुभाइ ,दिदीबहिनी तथा नेता-कार्यकर्ताहरुलाई २०७९सालको बिजया दशमी तथा दिपावलीको शुभकामना दिँदै नेता लम्सालले दशैंका अवसरमा गाउँघरमा जमघट हुने भएकाले चुनावी अभियानलाई पनि समेट्ने गरी भेला , छलफल र अन्तरक्रिया गर्ने उचित समय भएको पनि बताउनुभयो। घर बाहिर रहेका युवाहरु पनि चाडबाडमा गाउँघर जाने गर्दछन् । त्यही मौकामा हामिले राजनीतिक सिद्धान्त, विचार र प्रतिवद्धताहरूको बारेमा प्रचारप्रसार गरी जनतालाई सुसुचित गराउनु पर्छ।
उहाँले भन्नुभयो”भुम्लुका वडा र गाउँहरुमा हामीले विकास निर्माणका काम गरेका छौं । त्यसको प्रचारप्रसार भएको छैन, हामीले गरेका विकास निर्माणका कामको खुलेर जनतालाई भन्नुपर्नेछ।जनताको सुखदुःखमा सधै हाम्रो साथ रहेको छ। र , आगामी दिनमा पनि हाम्रो पार्टी सँगै रहने छ भन्दै विकासका योजनाहरु आवश्यकताअनुसार पूरा गर्दै जानेछौं। यस्तै कुराहरु जनतालाई बुझाउनुपर्ने उहाँको भनाई थियो।
कार्यक्रममा जिल्ला कमिटी सचिव गोकुल गौतमले विचलित नभइकन कम्युनिस्ट आन्दोलनमा निरन्तर लागिरहनु पर्ने बताउनुभयो। हामी विचलित भएर ठाउँ खाली गरिदियौं भने दक्षिणपन्थी अवसरवादीहरुको जन्म हुनेछ। कम्युनिष्ट आन्दोलन र विचार स्खलित हुँदै जाँदा कहिलेकाहीँ फासीवादी हरूको पनि जन्म हुने सम्भावना बढ्ने भन्दै नेता गौतमले कार्यकर्तालाई प्रशिक्षण गर्नु भएको थियो।
त्यस्तै जिल्ला सचिवालय समिति सदस्य तथा प्रतिनिधि सभा उमेरद्वार सिफारिस समितिका सचिव प्राणनाथ न्यौपानेले दक्षिणपन्थीहरुले टाउको उठाउन नसक्ने गरी निर्वाचनमा भूमिका खेल्नुपर्ने बताउनुभयो। कार्यकर्ताहरुले आफ्नो विचार र उद्देश्यमा अडिग भएर समय र परिस्थितिको मूल्यांकन गर्दै अगाडि बढ्नुपर्ने उहाँको तर्क थियो। साथै भुम्लु बासी दाजुभाई दिदीबहिनीहरुलाई विजया दशमि तथा शुभ-दिपावलिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा भुम्लु गाउँपालिका अध्यक्ष मोतीलाल तामाङ, उपाध्यक्ष कृष्ण कुमार कार्की ,सचिव दीपक ठकुरी लगाएत नेता कार्यकर्ताहरूको बाक्लो उपस्थित रहेको थियो।

