समाचार
ली चान्सुको भेटघाट जारि

चिनियाँ राष्ट्रिय कंग्रेसका अध्यक्ष ली चान्सु आज उच्चस्तरीय भेटघाटमा व्यस्त छन् । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा नेपाल भ्रमणमा आएका चान्सुले विभिन्न उच्च व्यक्तित्वहरुलाई भेटघाट गरिरहेका छन् ।
हिजो त्रिभुवन विमानस्थलमा उत्रिएका ली संग सभामुख अग्नि सापकोटा भेटवार्ता गरिसकेका छन्। उनले आज बिहान राष्ट्रियसभा सदस्य अध्यक्ष गणेश प्रसाद तिमल्सिनासँग भेटघाट गरिसकेका लीले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीसँग सौहार्दपूर्ण भेटघाट गरिरहेका छन्। भेटघाट बानेश्वरस्थित संसद भवन भइरहेको छ।
यसैगरी चान्सुले माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्ने समय तय गरिएको स्रोतले बताएको छ भने प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासंग पनि आजै विशेष भेटवार्ता हुने जनाइएको छ। प्रधानमन्त्रीलाई भेट्नु अघि परराष्ट्र मन्त्री नारायण खड्कासँग भेटवार्ता हुने कार्यसूची तय गरिएको छ।
अब दुई दिन नेपालमा रहनुहुने चान्सुको भ्रमण दक्षिण कोरिया रहने बताइएको छ ।

