समाचार

सिमामा गोली चल्यो, एक नेपाली घाईते

कञ्चनपुर, पुस २१ । भारतीय सुरक्षाकर्मीको गोली लागेर दोधाराचाँदनी–१ का अन्दाजी १६ वर्षीय नरेन्द्र लुहार सोमबार साँझ घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार लुहारको खुट्टामा गोलीको छर्रा लागेको छ। ‘भारतीय वन क्षेत्र गठिगोठमा गएका बेला लुहारमाथि गोली लागेको भन्ने कुरा बुझिएको छु, उनले भने, ‘भारतीय वन रक्षकले गोली चलाएको हुन सक्ने अनुमान गरेका छौँ। विस्तृत विवरण अनुसन्धानपछि थाहा हुन्छ।’

घाइते लुहारलाई उपचारका लागि महाकाली अस्पताल ल्याइएको छ। साँझ ६ बजेर ३० मिनेट जाँदा लुहारमाथि गोली चलाइएको बताइएको छ। गोली किन चलाइएको भन्नेबारे खुल्न सकेको छैन। रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *