समाचार

आज १३ सय ५१ कोरोना संक्रमित थपिए, ७४२ जना डिस्चार्ज

काठमाडौं, १२ असोज । नेपालमा कोरोना भाइरसका आज १३ सय ५१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ७४ हजार ७ सय ४५ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म ५४ हजार ६ सय ४० जना संक्रमणमुक्त भएका छन् । आज ७४२ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *