समाचार

रूसपछि चीनबाट आयो खुशीको खवर, क्यानसिनोले पायो कोरोना भ्याक्सिनको प्याटेन्ट

१ भदौँ: चीनको भ्याक्सिन विशेषज्ञ कम्पनी क्यानसिनो बायोलोजिक्स इंकले कोभिड १९ को भ्याक्सिनकालागि प्याटेन्ट स्वीकृती पाएको छ। एडी५एनसीओभी (Ad5-nCOV) नामक भयक्सिनकालागि सो अनुमती दिइएको हो।

चीनबाट प्याटेन्ट पाउने यो पहिलो कोभिड १९ भ्याक्सिन भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन्। उक्त प्याटेन्ट अगस्ट ११ मा जारी गरिएको थियो।

साउदी अरबीयाले क्यानसिनोको भ्याक्सिनकालागि तेश्रो चरणको परीक्षण सुरुवात गर्ने योजना बनाएको छ। भ्याक्सिन कम्पनीले सो परीक्षण रसिया, ब्राजिल तथा चिलीमा पनि लन्च गर्ने विषयमा पनि छलफल गरेको छ।

सोमबार बिहान क्यानसिनोको हङकङको शेयर करिब १४ प्रतिशतले बढेको छ। कम्पनीको शांघाई शेयर मध्यान्नसम्ममा ६।६ प्रतिशतले वृद्धि भएको छ।-मेरोलगानीबाट

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *