समाचार

सुनको मूल्य ताेलामा ८०० रूपैयाँले बढ्याे

काठमाडौँ ३० साउन: आज (शुक्रबार) सुनको मूल्य फेरि बढेको छ । अघिल्लो दिन बिहीबार तोलामा दुई हजार ६०० रुपैयाँले बढेको सुन शुक्रबार भने तोलामा ८०० रुपैयाँले बढेको हो ।

यस दिन छापावाला सुन प्रतितोला ९८ हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तराष्टिंय बजारमा पनि सुनको भाउमा वृद्धि भइरहेको छ । शुक्रबार सुन २३ डलरले वृद्धि भई प्रति अउन्स एक हजार ९५१ डलरमा खरिदबिक्री भइरहेको छ । अघिल्लो दिन बिहीबार अन्तराष्ट्रिय बजारमा सुनकाे मूल्य प्रति अउन्स एक हजार ९२८ डलर ताकिएकाे थियाे ।

बुधबार अन्तरराष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्यमा उच्च गिरावट आएसँगै नेपाली बजारमा त्यसको प्रभाव परी सुन ताेलामा ६ हजार २०० रूपैयाँले घटेर प्रतिताेला ९५ हजार ४०० रूपैयाँसम्म पुगेकाे थियाे । तर बिहीबार भने सुनकाे मूल्य वृद्धि भएर प्रतिताेला ९७ हजार ८०० रूपैयाँमा किनबेच भएकाे थियाे ।

यसैगरी चाँदीको मूल्य पनि शुक्रबार उकालो लागेको छ । यसदिन चाँदी तोलामा ६० रुपैयाँले बढेर प्रतितोला एक हजार ३५५ रुपैयाँ तोकिएको छ । अघिल्लाे दिन चाँदी प्रतिताेला एक हजार २९५ रूपैयाँमा काराेबार भएकाे थियाे । सुनको मूल्य बढेर नयाँ उचाई कायम गरेपछि अन्तरराष्ट्रिय बजारका लगानीकर्ताहरु बिक्री गरि नाफा बुक गर्दा बुधबार मूल्यमा उच्च गिरावट देखिएको बताइएको छ। बुधबार उच्च दरले मूल्य घटेपछि लगानीकर्ताहरु पुनः सुन खरिद गर्न थालेपछि बिहीबार तथा शुक्रबार सुनको मूल्य बढेको हो।मेरोलागानी/File Photo

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *