समाचार

बङ्गलादेशमा सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा बढी, मृत्यु हुनेको संख्या १२ सय नाघ्यो

५ असार : बङ्गलादेशमा विगत २४ घण्टामा कोभिड–१९ सङ्क्रमण पुष्टि हुने विरामीको सङ्ख्या तीन हजार २४३ पुगेका स्वास्थ्य मन्त्रालय स्रोतले शुक्रबार जानकारी गराएको छ । बङ्गलादेशमा अघिल्लो दिन कोरोनाभाइरस सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या तीन हजार ८०३ रहेको थियो ।

“पछिल्लो तथ्याङ्क अनुसार बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या एक लाख पाँच हजार ५३५ पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या एक हजार ३८८ पुगेको छ,” स्वास्थ्य मन्त्रालयका उच्च नसिमा सुल्तनाले बताउनुभयो ।

“विगत २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या तीन हजार २४३ पुगेको छ भने ३२ पुरूष र १३ महिला गरी सङ्क्रमितको मृत्यु भएको छ,” उहाँले भन्नुभयो ।

बङ्गलादेशमा विगत २४ घण्टामा देशभर कूल १५ हजार ४५ व्यक्तिको कोभिड–१९ सङ्क्रमण परीक्षण गरिएको थियो ।यो समयमा दुई हजार ७४१ जना निको भई घर फर्किएसँगै अहिलेसम्म निको हुनेको सङ्ख्या ४२ हजार ९४५ पुगेको छ ।सिन्ह्वा/File photo

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *