समाचार

क्वारेन्टिनका लागि होटलको सूची सार्वजानिक

काठमाडौँ २५ जेठ : सरकारले विदेशबाट ल्याइएका नेपालीहरुलाई राख्न चार तारे होटलदेखि पर्यटकीयसम्मका ४७ वटा होटलहरुको सूची सार्वजानिक गरेको छ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डौले ३ वटा चारतारे होटल, ९ वटा तीनतारे होटल, २ वटा दुईतारे होटल, ५ वटा एकतारे होटल र पर्यटकस्तरका २८ वा होटलहरुको सूची सार्वजानिक गरेको हो।

विदेशबाट आउने नेपालीहरुले होटलमा बस्न चाहेमा आफ्नै खर्चमा बस्नुपर्नेछ। सरकारले मापदण्ड अनुसार विदेशबाट फर्केकाहरु कम्तिमा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ।

हिले पाँच तारे होटलहरुलाइ भने क्वारेन्टाइनको रुपमा प्रयोग नगरिने भएको छ। चारतारे होटलहरुमा नगरकोटको ग्राण्ड होटल, रुपेन्देहिको ड्रिमल्याण्ड गोल्ड रिसोर्ट र पोखराको स्वीस इन्टरनेशनल होटल सरोवर रहेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *