विश्व

अमेरिकी खुफिया एजेन्सी सीआईएले अन्य मुलुकलाई अस्थिर बनाएको चीनको आरोप

एजेन्सी,२३ जेठ । चीनले अमेरिकी खुफिया एजेन्सी सीआइए विश्वका धेरै मुलुकलाई अस्थिर बनाउन लागिपरेको आरोप लगाएको छ । सीआईले यसका लागि निरन्तर सक्रियता देखाएको उसको आरोप छ ।

अमेरिकी पहिलो निती रहेको अमेरिकाको खुफिया एजेन्सीले देशहरुमा लोभ र लालचको आधारमा मुलुकमा अस्थिरता ल्याइ द्वन्द्व सर्जिना गर्न खोजेको आरोप चिनियाँ विदेश मामलाबारे औपचारिक धारणा सार्वजनिक गर्ने ग्लोबल टाइम्सले लेखेको हो । सीआइए र अमेरिकाले संयुक्त रुपमा लोकतन्त्रका नाममा दमन गरिरहेको र अन्य मुलुकको लाकतान्त्रिक अभ्यासलाई कमजोर विगत देखिनै पारिरहेको उल्लेख छ ।

अन्य देशहरुमा गरिरहेको गतिविधिले यसपटक अमेरिकालाई नै रङ्गभेदको प्रर्दशनको समाना गर्नु परेको ग्लोबल टाइम्सले लेखेको छ । अमेरिकाको नीति स्वयं अमेरिकालाई नै आफ्नो देशमा भारी परिरहेको छ । सन् १९८० मा एसिया र यूरोपमा अहेरिकी सरकारले रङ्गभेदको मामलालाई हावा दिएका थिए । यसपटक भने हावाले मोड बदलेको देखिन्छ । अहिले अमेरिकामा भयाबह अवस्था सिर्जना भएको छ ।

अमेरिकाले चीन, हङकङ समेतमा सीआइएको मार्फत रङ्गभेद सिर्जना गरी आफ्नो वर्चस्व कायम गर्न प्रयास गरिरहेको आरोप छ । ‘अमेरिका अन्य देशमा द्वन्द्व फैलाउन माहिर रहेको सबैलाई ज्ञात भएकै छ,’ ग्लोबल टाइम्सले लेखेको छ, ‘अन्य देशहरुमा मानव अधिकार, लोकतान्त्रीक अभ्यास स्वतन्त्रताको नारालाई हावा दिइ प्रवेश गर्ने गर्दछ ।’ आफ्नो नितीलाई कायम गर्ने उक्त देशहरुमा द्वन्द्व पैदा गरी आफ्नो इच्छा अनुकुल त्यहाँ स्थापित हुने उल्लेख गरेको छ । यसमा सीआइएको भुमिका अत्यधिक देखा परेको उल्लेख छ । उक्त समस्या समाधान नहुने गरी द्वन्द्वलाई सिर्जना गर्न खपिस रहेको चिनिया सञ्चार माध्यममा उल्लेख छ ।

अमेरिकाले विरोधको सामना गर्नुपर्दा, अ‍ेमरिकी राजनीतिक वर्गले फैलिएको अराजकतालाई कसरी अन्त्य गर्ने बारे अन्यौलमा रहेको भनिएको छ । महामारी बीच सिर्जना भएको प्रर्दशनले छुट्टै मोड लिएको छ , यस लाई न्युन्ीकरण गर्न अमेरिका जस्तो कुटिल निती बनाउने देशलाई समेत गाह्रो भएको छ ।

विकिसित मुलुक अमेरिकामा रङ्गभेदमा समेत प्रर्दशन हुने विषय लज्जास्पद रहेको छ । बलिरहेको प्रर्दशनलाई र आफ्नो जनतालाई खुशि राख्न नसक्ने अमेरिकालाई आफैमा भारी परिरहेको छ । अ‍ेरिकाले बारम्बार लोकतन्त्र र स्वस्तन्त्रताका विषयलाई लिइ गर्भ गर्ने गथ्र्याे । नारालाई रंगभेदमा भएरहेको प्रर्दशनले झुठो सावित गरेको र नारा अ‍ेमेरिकाका जनताले वास्तविक जीवनमा आत्मसात गर्न नपाएको देखिन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *