विश्व

कोरोनाविरुद्ध हाइड्रोक्सीक्लोरोक्वीन औषधिलाई पुनः परीक्षण गरिनेः डब्ल्यूएचओ

एजेन्सी २२ जेठ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले निस्काशित गरेको हाइड्रोक्सीक्लोरोक्वीन औषधिलाई कोरोनाको उपचारका लागि पुन: परीक्षण गर्ने निर्णय गरेको छ। हाइड्रोक्सीक्लोरोक्वीन औलोको उपचारमा प्रयोग हुने औषधि रहेको हो। उक्त औषधिले स्वास्थ्यलाई हानी हुने भन्दै कोरोना विरुद्ध परिक्षणमा प्रयोग नगर्न आदेश जारी गरेका थिए। विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडनमले बुधबार हाइड्रोक्सीक्लोरोक्वीनको परीक्षण पुनः शुरु गरिने बताएका थिए।

उपलब्ध मृत्युको तथ्याङ्क हेर्दा, प्रमूख अन्वेषकहरुको कार्यकारी समूहले हाइड्रोक्सीक्लोरोक्वीनको परीक्षणलाई पुनः सूचारु गरिने विषय लाई प्रमुख टेड्रोसले एक भर्चुअल न्यूज ब्रिफिङ्गमार्फत जानकारी दिएका छन्। पछिल्लो साता सुरक्षाको त्रासका कारण यस परीक्षणमा रोक लगाइएको थियो। खोप निर्माणका लागि सम्पूर्ण देशहरु लागिपरेका छन्। खोपहरु भने परिक्षणको क्रममा रहेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *