समाचार
सुनसरीमा गोली हानी कर्मचारीको चार लाख लुटियो
सुनसरी, १२ जेठ । सुनसरीको धरान-४ बाट रकम कलेक्सन गरि फर्किँदै गरेका जीवन विकास लघुवित्तिय संस्थाका एक कर्मचारीलाई अज्ञात समुहले गोली प्रहार गरेको छ ।
अज्ञात समुहको गोली लागेर शम्भुप्रसाद गच्छदार घाइते भएका छन् । अज्ञात समुहले गच्छदारमाथि २ राण्ड गोली चलाएका छन् । उनको कुइना र कोखामा गोली लागेको छ । स्कुटरमा आएको तीन जनाको समुहले मोरंगको साउने बस्तीमा गच्छदारमाथि गोली हानी कलेक्सन गरेको ४ लाख रकम समेत लगेको धरान प्रहरीले जनाएको छ । रकम लिएसँगै लुटेरा फरार छन् ।



