उदयपुरका थप ८ जनामा कोरोना संक्रमण रहेकाे पुष्टि, याे संगै नेपालमा कोरोना संक्रमितको संख्या ४० पुग्याे

अ+
अ
अ-

उदयपुरमा थप ८ जनामा कोरोना संक्रमण रहेकाे पुष्टि भएकाे छ । विराटनरस्थित कोसी अस्पतालकोमा परीक्षण गर्दा कोरोना देखिए पश्चात उनिहरूलाइ पुनः परीक्षणका लागी धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकाे थियो ।

वीपी प्रतिष्ठानमा आठै जनामा कोरोना संक्रमण पाेजेटिभ रहेकाे जनाइकाे छ । उदयपुरको त्रियुगा नगरपालिका स्थित मस्जिदमा ११ जना भारतीय र दुई नेपाली कोरोना संक्रमितको सम्पर्कमा रहेकाहरुलाई कोरोना संक्रमण भएको हो । उदयपुरका अर्का एक युवक गरि मंगलबार उदयपुरका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हाल सम्म उदयपुरमा मात्रै कोरोना संक्रमितको संख्या २२ जना पुगेको छ भने अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४० पुगेको छ ।