लेटाङ्ग । उद्योग वाणिज्य संघ लेटाङ्गको २३औं वार्षिक साधरण सभा एवं निर्वाचनमा महासचिव वाहेक लोकतान्त्रिक पक्षका खड्ग बहादुर श्रेष्ठ (सानु)को प्यानल नै विजयी भएको छ ।
निर्वाचनमा खसेको कुल मत ४६७ मध्ये श्रेष्ठले २६६ मत प्राप्त गरेको निर्वाचन संयोजक दिपकचन्द्र राईले जनाएका छन् । संयोजक राईका अनुसार उनका निकटतम प्रतिद्वन्दी मित्रप्रसाद विमलीले १८६ मत मात्र प्राप्त गरेका थिए । यसैगरी वरिष्ठ उपाध्यक्षमा २३० मत ल्याएर अंशुपति विस्वास विजयी भए । उनका प्रतिद्वन्दी गजेन्द्र ठकुरीले २०० मत मात्र प्राप्त गरे । महासचिवमा फरक समुहका नेत्र निरौला २१९ मत प्राप्त गरी विजयी हुँदा प्रतिद्वन्दी ढकबहादुर श्रेष्ठले भने २१० मत प्राप्त गरे । उद्योग सचिवमा विजयी कुबेर पौडेलले २२४ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्दी टेकबहादुर श्रेष्ठ (उमेश) ले भने १९२ मत प्राप्त गरे । वाणिज्य सचिवमा विजयी हिमालय श्रेष्ठले २२५ मत प्राप्त गर्दा प्रतिद्वन्दी गोविन्द कुमार चेम्जोङ्गले १८४ मत प्राप्त गरेको निर्वाचन संयोजक राईले बताए । यसै गरी समितीका अन्य सदस्यहरुमा निर्मल कुमार दाहाल २४० , मञ्जुला ठाकुर २४७ , दमयन्ती सुब्बा २६२ र हरिनारायण चौधरी २५४ मत ल्याएर विजयी भएका छन् । संघको निर्वाचनमा ५ जना भने सर्बसम्मत चयन भएका छन । उपाध्यक्षमा शान्तिकला राई र राजेन्द्र बिश्वकर्मा, कोषाध्यक्षमा उत्तम श्रेष्ठ , क्षेत्रगत सदस्यमा टेकनाथ निरौला र ईन्द्रकुमार श्रेष्ठ सर्बसम्मत चयन भएको निर्बाचन संयोजक राईले जानकारी दिए ।



