दुई बस एक आपसमा ठक्कर खाँदा २६ जना घाइते, २ गम्भिर

अ+
अ
अ-

उदयपुर । उदयपुरमा विहिबार सगरमाथा राजमार्ग स्थित त्रियुगा नगरपालिका १४ जितपुरमा दुई बस एक आपसमा ठक्कर खाँदा २६ जना घाइते मध्ये दुई जना गम्भिर रहेका छन् । गाईघाटबाट साउने तर्फ जाँदै गरेको मे १ ख १७४० नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको बा.२ ख ५४१८ नम्बरको बस एक आपसमा ठक्कर खाँदा चालक सहित २६ जना घाइते भएका छन् । बसमा खोटाङको दिप्रुङ गाउँपालिका बढी घाइते भएका छन् । गम्भिर घाइतेमा खोटाङ दिप्रुङ गाउँपालिका ४ बस्ने अन्दाजी ५५ वर्षिय डम्बर कुमारी खत्रीको छाती, टाउको र चिउडोमा चोट लागेको छ । अर्का रौतामाई गाउँपालिका ६ वस्ने २९ वर्षिय सविन राईको कुम्भ भाचिएको छ । घाइतेहरुको जिल्ला अस्पतला बोक्सेमा उपचार भईरहेको छ भने मे.१ ख १७४० नम्बरको बस चालक यमन थापा फरार भएका छन् । घुम्ती सडकमा मोडिन नसक्दा बस एक आपसमा ठोक्किएको हुन सक्ने प्रहरीले बताए ।