आज यस्तो छ सुनचाँदीको भाउ

अ+
अ
अ-

९ माघ ,काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । बुधबार तोलामा ७४ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार बढेर तोलामा ७५ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन तोलामा ७४ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।

चाँदी भने बुधबारको तुलनामा बिहीबार रु ५ बढेर तोलामा ८८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।