मोटरसाइकल दुर्घटनामा वृद्धको मृत्यु

अ+
अ
अ-

विराटनगर / मोटरसाइकलको ठक्कर बाट भएको दुर्घटनामा मोरङको बूढीगंगा गाउँपालिका–७ डंग्राहामा बुधबार साँझ एक वृद्धको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को १३ प ४६९३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ७० वर्षीय छेतधर्नु खाँ थारुको मृत्यु भएको प्रहरीले जनाएको छ । पैदल हिँडिरहेका बेला बुधबार दिउँसो ठक्कर दिएर घाइते बनाएपछि वृद्धको उपचारका क्रममा साँझ टंकीसिनवारीस्थित विराट मेडिकल कलेजमा मृत्यु भएको हो । मोटरसाइकल र चालक बूढीगंगा–७ का २३ वर्षीय अक्ष्यकुमार चौधरीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।