सावधान युवतीको मायाँमा घरखेत जाला, फैलिदै छ हनि ट्रयापिङमा सञ्जाल

अ+
अ
अ-

काठमाडौं /  घटना नम्वर १. बिसं २०७४ असारमा केन्द्रीय अनुसन्धान ब्युरोले दाङ, घोराहीकी १९ वर्षीया आशिका परियार र ३१ वर्षिय कोलबहादुर थापामगर जो कुबिनका नामले समेत चिनिन्थे उनीहरलाई पक्राउ गर्यो । ‘हनी ट्रयापिङ’मा पारेर एक जना व्यावसायीलाई अपहरण गरी फिरौती असुलेको अभियोगमा ती दुई व्यक्तिहरु पक्राउ परेका थिए । प्रहरीका अनुसार थापा र परियार बत्तीसपुतलीमा एउटा घरमा डेरा गरी ‘लिभिङ टुगेदर’मा बस्दै आएका थिए । ती दुबै व्यक्तिहरु व्यापारी अपहरण गरी फिरौती असुलेको अभियोगमा पक्राउ परिसकेका छन् ।

के भएको थियो त्यतिबेला नेपालस्थित अमेरिकी दूतावासमा कार्यरत कर्मचारी, सिन्धुलीका निर्माण व्यवसायी, काठमाडौं न्युरोडका व्यापारी र कन्टेनर व्यवसायीको अपहरणमा संलग्न आशिकाको संलग्नता भेटिएको थियो । त्यतिबेला देखि नै आशिका हनी ट्यापरको रुपमा प्रयोग हुने गरेकी थिईन । यी सबैको अपहरणमा आशिकालाई हनी ट्रयापका रूपमा प्रयोग गरिएको पाइयो ।’

पछिल्लो पटक यो गिरोहको चंगुलमा पर्ने एक व्यावसायीले ७ पुस ०७३ मा प्रहरीलाई दिएको उजुरीअनुसार, आशिकाले आफूलाई ‘सरु केसी’ भनेर फोन गरी भेट्न बोलाएपछि उनी गाडी लिएर बालाजु, माछापोखरी गए, जहाँ कुरेर बसेकी आशिका भेटिइन ।

दुवैबीच कतै रेस्टुराँमा बसेर खाजा खाने सहमति भयो । आशिकाले चिनेकै रेस्टुराँ जान आग्रह गरेपछि व्यावसायीले सहमति जनाए र गोंगबुकै एक होटलसहितको रेस्टुराँमा पुगे । यतिन्जेलसम्मको गफगाफमा आशिकाले भर्खरै चिनेका व्यावसायीलाई कोठामै बस्न राजी गराइसकेकी थिइन् । व्यवसायी युवतीसँग यौन सम्पर्कका लागि लालायित थिए । भर्खरै चिनजान भए पनि उनी त्यसका लागि मानसिक रूपमै तयार थिए ।

होटलको कोठामा गएपछि आशिका नुवाइधुवाइ गर्न भनेर बाथरुम छिरिन । त्यहीबेला बाहिरबाट कसैले ढोका ढकढक्यायो । खोल्दा चार जनाको युवा समूह छिर्यो र आफूलाई सीआईबीको प्रहरी भन्दै व्यवसायीलाई नियन्त्रणमा लियो । अर्धनग्न अवस्थामा रहेकी आशिकासहित व्यवसायीलाई पक्रेर उक्त समूहले कुनै अज्ञात स्थलमा लग्यो, जसलाई सीआईबीको ‘सेफहाउस’ भनिएको थियो । त्यसपछि शुरु भयो, धम्काउने र फिरौती असुल्ने काम भयो । जसमा उनीहरुले २० लाख रुपैयाँ मागे ।

घटना नम्वर २. बिसं २०७४ साउनमा शुक्रराज तामाङ पक्राउ परे । केन्दिय अनुसन्धान व्युरो (सिआईबी) ले उनलाई पक्राउ गरेको थियो । उनी पक्राउ पर्नुको ठोस कारण थियो, हनी ट्रयापिङ’ अर्थात युवतीहरुलाई प्रयोग गरी अपहरण गर्ने र त्यसपछि असुली गर्ने । सोही आधारमा ३४ बर्षिय तामाङलाई सिआईबीले काठमाडौंको बासबारीबाट पक्राउ गरेको थियो ।

युवतीहरुलाई प्रयोग गरी मायाँ जालमा पार्ने र त्यसपछि विभिन्न नाटक गरी पैसा असुल्ने कामलाई प्रहरीले ‘हनी ट्रयापिङ’ भन्ने गरेको छ । सोही अभियोगमा आधारमा तामाङ पक्राउ परे ।

घटना नम्बर ३ बिसं २०७३ सालमा नै २५ वर्षीया राधिका श्रेष्ठ मृत भेटिईन । शारीरीक रुपमा निकै नै शुन्दर देखिने राधिकाको शौन्दर्यबाट जो कोही पनि मन्त्रमुग्द हुुन्थे । अन्तमा त्यही शौन्दर्य उनको लागि अभिसाप बन्यो । राधिकाको त्यही ‘सुन्दरता’लाई प्रयोग गरेर कमाउने योजना बनाए, प्रेमी प्रकाश लामिछानेले । भक्तपुर, बागेश्वरी ४ का लामिछाने सुन्दरताको आवरणमा अपराध गर्ने अर्को कुख्यात गिरोहका नाइके थिए ।

उनको गिरोहमा आफ्नै प्रेमिका र छिमेकी किशोर गिरी, सरोज घोरासैनीलगायत संलग्न थिए । धादिङ, धार्के ४ की राधिका काठमाडौं मक्खनगल्लीस्थित न्यु डालिज साडी र साडी संसार नामक पसलमा काम गर्थिन । एकैचोटि धेरै पैसा कमाउने लालचमा लामिछाने र श्रेष्ठले साडी पसलका मालिक श्यामसुन्दर अग्रवाललाई फसाउने योजना बनाए ।

५ फागुन ०७३ दिउँसो साढे एक बजे व्यवसायी श्यामसुन्दर अग्रवालको मोबाइलमा घण्टी बज्यो । मक्खनगल्लीस्थित न्यु डालिज साडी र साडी संसार नामक पसलका सञ्चालक अग्रवाल बिदा लिएर बसेकी कामदार राधिकाले अर्जेन्ट काम छ भन्दै बोलाएपछि दिउँसो सुन्धारास्थित सनराइज गेस्ट हाउस पुगेका थिए । ४०४ नम्बर कोठामा सँगै बसेर दुवै जनाले मदिरा पिए ।

पूर्वयोजना अनुरूप सोही गेस्ट हाउसको ४०३ नम्बर कोठामा बसेका राधिकाका प्रेमी प्रकाशसहित किशोर र सरोज उक्त कोठामा छिरे । व्यवसायी श्यामसुन्दरलाई कुटपिट गरे । हातखुट्टा बाँधेर मुखमा कार्टुन टेप टाँसिदिए । १० लाख ७० हजार फिरौती रकम लिए । कोठामा बन्धक बनाई भागे । वसन्तपुर पुगेर फिरौती रकम बाँडफाँट गरे ।

जसमध्ये किशोर र सरोजले दुई दुई लाख लिए भने बाँकी आठ लाख ७० हजारसहित ट्याक्सी लिएर प्रकाश/राधिकाको जोडी घर लाग्यो । तर, व्यवसायी अग्रवालले कामदार राधिकालाई चिनेकोले सोही माध्यम बनाएर पोल खुल्ने र प्रहरीले पक्राउ गर्ने भयले प्रकाशलाई पिरोल्यो । व्यवसायी अग्रवालकै शैली दोर्होयाउँदै घर पुगेकी प्रेमीकालाई उनले मुखमा टेप लगाई घाँटी थिचेर हत्या गरे ।

यि त केही प्रतिनिधी घटनाहरु मात्र हुन । राजधानी र देशभर यस्ता थुप्रै घटनाहरु हुुने गरेका छन् । कसैले चिकित्सकको नाउँमा आफ्नो शुन्दरताको उपयोग गर्दे धनाढ्य व्यक्तिहरुलाई ठगेका छन् भने कसैले प्रेमी प्रेमिका बनेर धनाढ्य बर्गहरुलाई ठगी रहेका छन् । राजधानीमा पछिल्लो समय ठग्ने र ठगिने क्रम बढ्दै गएको छ । जसको शुन्दर युवतीको प्रयोग बढी हुने गरेको छ ।

युवतीहरुले जस्तो सुकै मै हुं भन्ने किसिमको पुरुषहरुलाई आफ्नो मायाँ जालमा पारेर आफ्नो बेडसम्म ल्याउन सक्ने क्षमता हुने भएकै कारण पनि यस्तो कार्यमा शुन्दर युवतीहरुको प्रयोग बढी हुुने गरेको हो । ती युवतीहरुको शुन्दरता जस्तो सुकै पुरुष पनि नजिक हुन्छन् र सिधै फस्छन् । सो पश्चात ती युवतीहरुले पैसाको बार्गेनिड गर्न सुरु गर्छिन र बार्गेनिड नमिलेको खण्डमा मात्र उक्त मुद्धा प्रहरीसम्म पुग्छ ।

के हो हनि ट्रयापिङ ? राम्री युवतीले मायाँ जालमा पारेर वा यौनका लागि आमन्त्रण गरेर युवाहरुलाई फसाउने अपराधलाई ‘हनी ट्रयापिङ’ भनिन्छ । ‘इजी मनी’का लागि पछिल्लो समय यस किसिमको अपराध बढ्दै गएको छ । यस्तो अपराधमा महिलाहरुले अर्थात कुनै शुन्दर युवतीहरले मायाको भाव देखाउँदै ‘इमोसनल्ली एट्याचमेन्ट’ गराउँछन् ।

त्यतिले उद्देश्य पूरा नभए थ्रेट दिन्छन् र अपहरणमा संलग्न गराउँछन् । यो सबै गर्नुुको एउटै कारण हो, पैशा । पैसाकै लागि युवतीहरुले कुनै धनाढ्य पुरुषहरुलाई फसाउने गरेका छन् । सामाजिक प्रतिष्ठा, प्रहरी लगाएर थुनिदिने भन्दै यस्तो कर्जामा संलग्न महिलाहरुले लाखौं रुपमा बार्गेनिड गर्ने गरेका छन् ।

कसरी फसाईन्छ पैसावालहरुलाई ? यो कार्यमा सुन्दर युवतीहरूलाई ढाल बनाएर धनाढ्यहरूको अपहरण गर्ने सम्मको कार्यहरु हुने गरेको छ । जुन बिगतको घटनाहरुबाट पनि पुष्टि भईसकेको छ । यो अपराधमा मुख्य अभियुक्तलाई अपराध गर्न मद्दत वा अपराध गर्ने परिस्थिति सिर्जना गर्ने मतियारका रूपमा युवतीहरूलाई प्रयोग गर्ने प्रवृत्ति देखिन्छ ।

अपराध गर्न सहयोग गर्ने, उक्साउने, परिस्थिति मिलाउने वा अन्य किसिमबाट सहयोग पुर्याउने कार्यलाई मतियारका रूपमा लिइन्छ । सुन्दरताको आवरणमा अपराध गर्न उक्साउने पुरुषहरूले युवतीहरूलाई अपराधिक कार्यको कुनै आभास दिँदैनन् । न्यून शैक्षिक योग्यता भएका कारण हुन सक्ने कुराको जोखिम लेखाजोखासमेत गर्न सक्दैनन् । तिमीलाई केही हुँदैन भनी फकाउने र आर्थिक प्रलोभन समेत दिने गरेका छन् । केही हजार रुपैयाँ दिने समेत गरेका छन् ।

यसकारण पनि यस्तो अपराधमा बढी मात्रामा शैक्षिक योग्यता कम भएका शुन्दर युवतीहरुको प्रयोग बढी हुने गरेको जो । जो सजिलै संगै यस्तो कार्यमा संलग्न हुन्छन्, अरुलाई फसाउन पनि सक्छन् । यसमा मुख्य व्यक्तिकोरुपमा तिनै युवतीहरुको प्रेमिकाले भुमिका खेलेको समेत बिभिन्न घटनाबाट देखिएको छ । प्रेममा फसाएर युवतीहरूलाई जे अह्रायो त्यही शिरोपर गर्ने खालको मानसिकतामा फसाउने गरेका छन् ।

मिहिनेत नगरिकनै पैसा कमाउन पाइने भएकोले युवतीहरू यस्तो कार्यमा फस्ने गरेकाछन्। कस्ता व्यक्तिहरु संलग्न हुन्छन् यस्तो कार्यमा यस्तो कार्यमा संलग्न हुने अधिकांश व्यक्तिहरु कमजोर आर्थिक पृष्ठभुमी भएका व्यक्तिहरु हुने गरेका छन् ।

कमजोर आर्थिक अवस्था भएकैकारण उनीहरुले चाँडै धनी हुने सोचका साथ आफ्नो आफ्नै सहकर्मी साथीसंग प्रयोग गरेर योजनाबद्ध रुपमा धनाढ्य पुरुषहरुलाई मायाको नाटक गर्दे, शारिरीक रुपमा आर्कषित पार्दे नजिक हुने । ती पुरुषहरुसंग हरेक कुरामा निकै नै आत्मिरुपमा प्रस्तुत हुने गर्छन ।

हरेर किसिमबाट ती पुरुषको मन जितिसकेपछि पछि केही फोटो र भिडियो क्लिपहरु समेत खिच्न यस्तो अपराधमा संलग्न व्यक्तिहरु सफल हुन्छन् । अनि उनीहरुले त्यही फोटो र भिडियोको माध्यमद्धारा बार्गेनिड गर्न सुरु गर्छन । पुरुषलाई शारीरिक र मानसिकरुपमा डर, त्रास र धम्की दिएर लाखौं रुपैयाँ माग्ने काम हुन्छ ।

राजधानीमा हुने गरेको यस्तो अपराध कार्यमा काठमाडौं उपत्यकामा नै स्थायी घएर भएका व्यक्तिहरु भन्दा पनि उपत्यका बाहिरबाट काठमाडौं आई बसोवास गर्ने व्यक्तिहरु संलग्न हुने गरेका छन् । राजधानीमा टिक्न र आफ्नो महंगो आवश्यकताहरुलाई पुरा गर्न उनीहरुले यस्तो अपराध गर्ने गरेको देखिन्छ । बढ्दो बेरोजगारी, महंगी र सजिलै संगै पैसा कमाउने गलत सोचका कारण पनि यस्तो अपराध बढेको छ । यस्तो अपराधमा फिरौती माग्ने, अपहरण गर्ने र हत्या समेत हुने गरेको बिगतको घटनाहरुबाट देखिएको छ ।

के भन्छ, प्रहरी ? आत्मियता बढाएर ब्ल्याकमेलिङ गर्ने प्रवृति बढ्दै जानु थप चिन्ताको बिषय हो : सहकुल थापा प्रमुख, महानगरीय अपराध महाशाखा, टेकु पछिल्लो समय आत्मियता बढाएर पैसाको बार्गेनिङ गर्ने प्रवृति बढ्दै गएको छ । यसबाट धेरै जना पुरुषहरु पीडित हुने गरेका छन् । बिशेष गरी पैसावाल व्यक्तिहरु अर्थात उद्योगी व्यवसायीहरु बढी मात्रामा हनी ट्रयापिङका घटनाबाट पीडित हुने गरेका छन्।

बढ्दो बेरोजगारी, महंगो शौख पुरा गर्नको लागि सजिलै संगै पैसा कमाउने माध्यमकोरुपमा हनी ट्रयापिङलाई अगाँल्ने युवतीहरुको संख्या पछिल्लो समय राजधानीमा बढ्दै गएको छ । तर पनि यी घटनाका पीडितहरुको आफ्नो आफुलाई परेको समस्या बारेमा खुलेर प्रहरी समक्ष नआउनु दुखद रहेको छ ।

जुन युवतीले आत्मियता देखाएर पैसाको बार्गेनिङ गरी, त्यो युवतीको बारेमा उजुरबाजुर गर्दा आफ्नो सामाजिक प्रतिष्ठामा आँच आउन सक्ने र अनावस्यक झमेला आउन सक्ने भन्दै पीडित पक्षलाई पीडकले भने अनुसार रकम दिएर हनी ट्रयापिङको घटनालाई मिलाउने गरिएको छ । यसले गर्दा पनि यस सम्वन्धी निकै कम घटनाहरु मात्र प्रहरी कहाँ आउने गरेका छन् ।

जुन घटना प्रहरी कहाँ आउँछन, ती घटनाहरु भने बार्गेनिङ नमिलेका घटनाहरु हुन। अपराध महाशाखामा हनी ट्यापिङबाट पीडित भएका केही घटनाहरुको मात्र उजुरी आएको छ । त्यसमा पनि प्रहरीले हनी ट्यापिङ नै शिर्षक राखेर कारवाही प्रकृया अगाडि बढाउनको लागि सोही बिषयसंग सम्वन्धीत कानुन छैन । त्यसकारण प्रहरीले हनी ट्रयापिङ सम्वन्धी मुद्धालाई अभद्र व्यवहार, बार्गेनिङ, गाली गलौज आदि शिर्षकमा अनुुसन्धान गर्ने गरेको छ ।

पछिल्लो समय उपत्यकमा आत्मियता देखाएर व्याल्कमेलिङ गर्ने धन्दा मौलाउँदै गएको छ । बिशेषगरी युवतीहरु यसकिसिमको धन्दामा संलग्न रहने गरेका छन् । उनीहरुलाई पर्दा पछाडिबाट बसेर कुनै युवकले साथ र निर्देशन दिने गरेको हुन्छ ।

ति युवाको निर्देशन र सहयोग कै आधारमा युवतीले कुनै उद्योगी, व्यापारी वा धनाढ्य बर्गलाई  मायाँजालमा फसाएर पैसाको बार्गेनिङ गर्ने, आफ्नो आर्थिक स्वार्थ सिद्ध घटनाहरु बढिरहेका छन् । उपत्यकामा मात्र नभएर पछिल्ला समय उपत्यका बाहिर पनि यस्ता घटनाहरु बढी रहेका छन् । तर, घटना जहाँ भए पनि यस्ता घटनामा पीडित हुने व्यक्तिहरु भनेको उद्योगी व्यवसायीहरु नै हुने गरेका छन् ।

बिगतमा बिभिन्न समयमा भएका अभद्र व्यवहार र ब्ल्याकमेलिङका घटनामा संलग्न भएका अभियोगमा पक्राउ परेका व्यक्तिहरुबाट पनि यो तथ्य बाहिर आएको छ । हनी ट्रयापिङको घटनाबाट जोगिन सर्वप्रथम त सम्वन्धीत व्यक्ति आफै चनाखो हुनुपर्छ ।

त्यसको बावुजत पनि आफु त्यसमा परियो भने उक्त घटनाका बारेमा निर्धक्क भएर प्रहरी समक्ष आफुले भोग्नु परेको पीडाका बारेमा जानकारी दिनुपर्छ ।  प्रहरीले सोही अनुरुप अनुसन्धान गरी कारवाही प्रकृया अगाडि बढाउँछ । हनी ट्रया्पिङका धेरैजसो घटनाहरु बाहिर आउँदैनन, होविन्द्र बोगटी प्रवक्ता, महानगरीय प्रहरी परिसर, काठमाडौं   हनी ट्रयापिङका घटनाहरु अहिले मात्र होईन पहिला पनि हुने गरेको थियो ।

तर पछिल्ला समयहरुमा यससंग सम्वन्धीत केही घटनाहरु बाहिर आए । तर घटनाहरु सम्वन्धीत पक्षले नै लेनदेन नमिले पछि बाहिर ल्याएका हुन । यसकारण अहिले पनि नेपालमा हनी ट्रयापिङ सम्वन्धी धेरैजसो घटनाहरु बाहिर ल्याईदैन । यस्तो कार्यमा जो जो संलग्न छन, उनीहरुले नै त्यो घटनालाई गुपचुपमा राख्छन्, सहमतीमा मिलाउँछन् ।

प्रहरी समक्ष आउने यस्ता केसहरु भनेका लेनदेन नमिले पछि मात्र आउनु हुन । यसअर्थमा कति व्यक्तिहरु यस्तो कार्यमा संलग्न रहेकाछन्, कति व्यक्तिहरु हनी ट्रयापिङका माध्यमबाट पीडित छन भन्ने ठोस तथ्यांक प्रहरी समक्ष छैनन् । प्रहरीले मुद्धा दर्ता भएपछि अनुसन्धान गर्छ, कारवाही प्रकृया अगाडि बढाउँछ ।

तर त्यसमा पनि हनी ट्रयापिङ नै भनेर मुद्धा दर्ता हुदैन । ठगी, अभद्र व्यवहार लगायतका शिर्षकमा मुद्धा दर्ता हुन्छ । सोही अनुसार कारवाही प्रकृया अगाडि बढाईन्छ । जो प्रत्यक्ष रुपमा हनी ट्रयापिङमा संलग्न रहने गरेका छन्, उनीहरुको पहिलो टार्गेट, उद्योगी, व्यवसायी, बैकर, सरकारी निकायका उच्च पदस्थ व्यक्तिहरु रहने गरेका छन् ।

यि व्यक्तिहरुसंग पैसा पनि हुने र सामाजिक प्रतिष्ठामा आँच आउने डरले जतिसुकै रकम पनि दिन तयार हुन्छन भन्ने मानसिकता कै आधारमा हनी ट्रयापिङ कार्यमा संलग्न व्यक्तिहरुले यस्तै व्यक्तिहरुलाई टार्गेट बनाएका हुन्छन् । यसको लागि ति व्यक्तिहरु अर्थात हनी ट्पिङ कार्यमा संलग्न युवतीहरुले बिभिन्न माध्यम मार्फत पैसावाला व्यक्तिहरुसंग नजिक हुने, हरेक करामा निकै नै आत्मिय हुने ।

संगै खान खाने, बस्ने, अंगालो मारेर फोटो खिच्ने लगायतका बिभिन्न क्रियाकलापाहरु गर्ने गर्छन । यसरी सम्पुर्णरुपमा नजिक भईसके पछि तिनै फोटोहरुलाई देखाउँदै ति युवतीहरुले पैसाको बार्गेनिङ गर्न थाल्छन् । जो व्यक्ति त्यस्ता युवतीहरुको ट्यापमा पर्छ, त्यो व्यक्तिले पनि आफ्नो घरपरिवार, सामाजिक प्रतिष्ठा आँच आउन सक्ने भन्दै युवतीले मागे अनुसारको रकम दिन तयार हुन्छ ।  वास्तवमा यस्ता धेरै घटनाहरु भएका हुन्छन् ।

यि घटनाहरु प्रहरी समक्ष नै आउँदैनन् । पीडक र पीडित दुबैले नै पैसाको समझारीमा मिलाएका हुन्छन् । यस्ता धेरै घटनाहरु काठमाडौंमा घटिरहेका छन् । यस्ता घटना अर्थात भनौ हनी ट्यापिङमा संलग्न व्यक्तिहरु जो कोही भएपनि कारवाही गर्न प्रहरी तयार छ । यसबाट जो पीडित हुनुहुन्छ । बिना हिच्चकिचाहट प्रहरीमा आउनुहोस ।

प्रहरीले हरेक कुराहरुमा गोप्यता कायम गर्दे दोषीलाई कारवाही गर्छ । कुनै पनि युवायुवतीहरुल छिट्टै नजिक नहुनुहोस, आत्मिय पनि हुनु हुँदैन, त्यो नजिक हुने खोज्ने व्यक्तिहरुको पृष्ठभुमी राम्रो संग बुझेर मात्र उ संग नजिक हुनुहोस, वास्तवमा समाजमा हुने यस्ता घटनाहरुबाट जोगिनको लागि सम्वन्धीत व्यक्तिहरु आफै सजग हुनुपर्छ,  युवा हुङ्कारमा उल्लेख छ ।

आफै सजग भएको खण्डमा यस्ता घटनाहरु ठुलो संख्यामा कमी आउँछ । प्रहरीले सदैव चाहेको हुन्छ, समाजमा कुनै पनि खाले अपराध नहोस । तर प्रहरीले मात्र यस्तो चाहना गरेर हुँदैन । समाजका हरेक नागरिकहरु आफ्नो समाजलाई शान्त, भयरहित, अपराध मुक्त बनाउन कटिवद्ध भएर लाग्नु पर्छ ।  न्यूज अभियानबाट