बोराभित्र ५ महिने शिशुको शव भेटियो

अ+
अ
अ-

चितवन / बोरामा पोको पारेर फालेको अवस्थामा एक जना शिशुको शव फेला परेको छ । चितवनकाे भरतपुर महानगरपालिका वडा १५ शिवराम चोक नजिक सोमबार एक नवजात शिशुको शव भेटिएको हाे । चितवनका डीएसपी एकनारायण कोइरालाका अनुसार बोरामा पोको पारेर फालिएको अवस्थामा करिब ५ महिनाको शिशुको शव फेला परेको छ । शिशुको शवलाई भरतपुर अस्पतालमा ल्याएर पोस्टमार्टम गरिएको उनले जानकारी दिए । शिशुलाई कसलै मारेर फालेको हुन सक्ने आशंका प्रहरीले गरेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेकोले भेटिएको शिशुको शव कसको हो भन्ने केही नखुलेको कोइरालाले बताए ।