आगलागीमा चार बोका र छ बाख्रा जले

अ+
अ
अ-

विराटनगर / मोरङको केराबारी गाउँपालिका–१ पाटीगाउँमा बाख्राको खोरमा आगो लाग्दा चारवटा बोका र छ वटा बाख्रा जलेर मरेका छन् । आगोले जलेर मरेका १० वटा बाख्रा र बोका स्थानीय बुद्धराम लिम्बूका हुन् । लिम्बूले बनाएको काठको खोर र खरको छानो भएको थियो । बालबालिकाले खेल्ने क्रममा नजिकै बालेको आगो खोरमा सल्किएर घटना भएको प्रहरीले जनाएको छ । एक्कासि आगो सल्किएका कारण खोर भित्र थुनेर राखिएका बाख्रा र बोकालाई जीवितै बाहिर निकाल्न नसकिएको लिम्बूले बताए ।