समाचार

इटहरीमा प्रहरी चौकी नजिकै १८ वर्षीय युवकले गरे आत्महत्या

इटहरी / सुनसरीकाे इटहरी ५ मा एक युवाले आत्महत्या गरेका छन् । सुनसरीको कालाबन्जार घर भइ आफन्तको घरमा बसेका बिशाल सुवेदीले इटहरी ५ स्थित अस्थायी प्रहरी चौकी नजिकै आत्महत्या गरेका हुन् । १८ वर्षीय सुवेदी कोशी कलेजमा कक्षा ११ को व्यवस्थापन संकाय अघ्ययनरत थिए । पढ्छु भनेर एक्लै कोठामा सुतेका उनी मंगलबार बिहान झ्यालमा झुन्डिएको अवस्थामा फेला परेका हुन् । उनको गोजिमा मोबाइल, कानमा इएर्फोन साथै नजिकै गितार रहेको बताइएको छ । मृतकको आफन्त आए पश्चात् शव परिक्षणका लागि विपि स्वास्थ प्रतिष्ठान धरान लगिने प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *