समाचार

पूर्वराजा ज्ञानेन्द्रको चियाबगानले वर्षौंदेखि कर नतिरेपछि

पूर्वराजा ज्ञानेन्द्र शाहको दमकस्थित चिया बगानले वर्षौंदेखि कर तिरेको छैन । दमक नगरपालिका–४ र ९ को पाँच सय ७५ बिघा १७ कठ्ठा १४ धुरमा रहेको हिमालय महालक्ष्मी टी गार्डेनको पाँच करोड ३० लाख कर बक्यौता छ ।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा झापाबाट चिरञ्जीवि घिमिरेले लेखेका छन् । गणतन्त्र स्थापनापछि स्थानीय स्वायत्त शासन ऐनको अधिनमा रही यो बगानलाई पनि एकीकृत सम्पत्ति कर लागू भएको थियो ।

तर, बगानले हालसम्म कर नतिरेको दमक नगरपालिकाका मेयर शोमनाथ ओलीले बताए । चिया बगानको व्यवस्थापन हाल सोल्टी ग्रुपले गर्दै आएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *