समाचार

रामकृष्ण ढकाल भन्छन – हाम्रो सम्बन्ध बिच्छेद भएकै छैन !

काठमान्डौ , जिल्ला अदालत काठमाडौंमा बुझ्दा श्रेष्तेदार आनन्द श्रेष्ठले सञ्चारमाध्यमसँग ढकाल दम्पतीले सम्वन्धविच्छेद गरेको पुष्टि गरिसके पनि गायक राम्र्सिहं ढकाल ले भने सम्वन्धविच्छेद नगरेको दाबी गरेका छन । उनले भनेका छन् यो सब झुठो हो, कसरी यस्तो हल्ला फैलियो मलाई थाहा छैन ।हामीबीच त्यस्तो केही भएको छैन । हामी सँगै छौं ।’ म नै अलमलमा परेको छु । डिभोर्स भएको भन्ने कुरा सरासर गलत हो । तर अदालतको दैनिक पेशी सुचीमा पनि रामकृष्ण र निलमको सम्वन्धविच्छेद भएको देखिन्छ ।

सुचीअनुसार निलम शाहले रामकृष्ण ढकाललाई प्रतिवादी बनाएर ८ पुसमा सम्वन्धविच्छेदको मुद्दा दायर गरेकी थिइन् । उनको मुद्दाको दर्ता नम्बर ०७६-CP-३१८८ छ । पेशी सुचीको कैफियत खण्डमा ‘फैसला/अन्तिम आदेश-मिलापत्र’ भनिएको छ ।कानूनी भाषाका जानकारहरुकाअनुसार डिभोर्स गर्ने सहमतिलाई पनि मिलापत्र नै भनिन्छ । यसको अर्थ कानूनीरुपमा रामकृष्ण र निलम आजबाट अलग भएका छन् । साथै श्रेष्तेदार श्रेष्ठले दिएको जानकारी अनुसार उनीहरुबीच छोरी रानीको जिम्मेवारी निलमले पाउने पनि सहमति भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *