समाचार
कृषि मेला प्रदर्शनीमा मुला राख्न ल्याउँदै स्थानीय युवा कृषक
साकेला गाउँपालिकामा बुधबारदेखि शुरु भएको दुई दिने कृषि मेला प्रदर्शनीमा आफूले उत्पादन गरेको मुला प्रदर्शनीमा राख्न ल्याउँदै स्थानीय युवा कृषक गौधन राई । आधुनिक कृषि प्रणालीतर्फ प्रोत्साहित गर्ने उद्देश्यले गाउँपालिकाद्वारा दुई दिने कृषि मेला प्रदर्शनीको आयोजना गरिएको हो । तस्वीरः केदार मगर/ रासस


