समाचार
ईटहरीमा सडक विस्तारको बाधक रोहित प्रसाईं हुन : उपमेयर गौतम

इटहरी / इटहरी उप महानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले इटहरीको मुख्य चोकको सडक बिस्तार गर्न काँग्रेस नेता तथा मेयर पदका प्रत्यासी रोहित प्रसाईं बाधक भएको खुलासा गरेकी छन । सामाजिक सन्जाल फेसबुक मार्फत उपमेयर गौतमले यस्तो आरोप लगाएकी हुन । निर्माणाधिन बहुचर्चित ६ लेनको सडक निर्माण कार्य इटहरी मुख्य चोकमा लामो समय सम्म अबरुद्ध भएको थियो । सडक कति फिटको बनाउने भन्ने विषयमा विवाद हुँदा मुख्य चोकमै काम रोकिदा हरित नगरीको रुपमा पहिचान बनाएको इटहरी पछिल्लो समय धुलोले कुरुप बन्दै गईरहेको छ । आर्मी क्याम्प देखि तरहरा सम्म ८२ फुट कायम भएको सडक इटहरीका मुख्य चोकमा घरधनीको अवरोधका कारण लामो समयदेखि निर्माण अबरुद्ध थियो । इटहरीको चौकमा ६५ फुट मात्र कायम गराउन चलखेल गरेको उपमेयरले आरोप लगाएकी हुन । सडक विस्तार कार्य अबरुद्ध भएपश्चात असन्तुष्टि जनाउदै उपमेयर गौतमले आफ्नो घर बचाउन रोहित प्रसाईले इटहरी मुख्य चोकमा सडकको मापदण्ड ८२ फिट बनाउन नदिएको आरोप लगाउने गरेकी छन ।
