समाचार

पोखरामा आँखादान कार्यक्रम बुधबार गरिने


चिप्लेढुङ्गा, २६ कात्तिक  : पोखरामा आँखादान कार्यक्रम गरिने भएको छ । मृत्युपछि आँखादान गर्ने गरी प्रतिबद्धता गरेर आँखादानको घोषणा गर्न सकिने आयोजक संस्था लायन्स क्लब अफ पोखरा मिड टाउनका अध्यक्ष सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।बुधबार बिहान साइमन पार्टी प्यालेसमा उक्त आँखादान कार्यक्रम हुने र सोको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ । दृष्टिविहीनलाई आँखादान गरेर संसार देखाउने अभियानलाई सफल बनाउन कार्यक्रमको आयोजना गरिएको पौडेलले बताउनुभयो ।

“मृत्युपछि आँखादान गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको हो”, उहाँले भन्नुभयो, “अहिलेसम्म ५० जनाले आँखादानका लागि प्रतिबद्धता गरेका छन् ।” हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा कार्यक्रम हुने सचिव तथा कार्यक्रम संयोजक विकास भुर्तेलले जानकारी दिनुभयो ।(रासस)प्रतिक्रिया दिनुहोस्

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *