समाचार

शर्माको छोरालाई उपचारको सहयोगार्थ पोर्चुगलमा देउसीभैलो

लिस्बन-‘सिमली छायाँमा बसी भरिया दाइ लामो सास फेरेको’ जस्ता जनप्रिय गीतका सर्जक जनगायक जीवन शर्माका छोराको सहयोगार्थ लोकदोहोरी प्रतिष्ठान युरोप शाखाले पोर्चुगलमा देउसीभैलो कार्यक्रम आयोजना गरेको हो ।गायक शर्माका छोरा बिरामी भएपछि उपचारका लागि आर्थिक अभाव भएको कुरा समाचारमा आएपछि उपचारका लागि सहयोग पु¥याउने उद्देश्यले देउसीभैलो खेली सङ्कलन भएको रु ५० हजार सहयोग रकम हस्तान्तरण गरिएको छ ।

नेपाली कला, संस्कृति र चाडपर्वको जगेर्ना र प्रवद्र्धन गर्नुका साथै जीवनभरि गायन क्षेत्रमा बिताएको सर्जक जीवन शर्माको परिवारमा परेको सङ्कटमा सहयोग गर्न पनि परदेशी भूमिमा देउसीभैलो आयोजना गरिएको लोकदोहोरी गायिकासमेत रहनुभएकी कार्यक्रमकी अगुवा बिनु बस्नेतले राससलाई बताउनुभयो ।

प्रतिष्ठान विश्वभरि छरिएर रहेका नेपाली कला र संस्कृतिलाई माया गर्ने दोहोरी गायन कलाकारहरुको साझा चौतारी भएकाले नेपाली कला संस्कृतिको प्रवद्र्धन गर्नु कर्तव्य सम्झिएर हामी हरेक नेपाली चाडपर्वमा आफ्नो कला र गला समर्पित गर्दै आएका छौँ र गर्नेछौँ, प्रतिष्ठानका महासचिव सुभाषचन्द्र पुनमगरले प्रतिक्रिया दिनुभयो । (रासस)

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *