समाचार

७० वर्षमाथिका वृद्धवृद्धालाई हवाई भाडामा ५० प्रतिशत छुट

अबदेखि ७० वर्षभन्दा माथिका वृद्धवृद्धाले हवाई भाडामा ५० प्रतिशत छुट पाउने भएका छन्। पर्यटनमन्त्री योगेश भट्टराईले ७० वर्षभन्दा माथिकालाई हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा सोमबार गरेका हुन्। 

मन्त्रालय र मन्त्रालयसँग सम्बन्धित कार्यालयहरूको कार्ययोजना सार्वजनिक गर्न सोमबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलन मन्त्री भट्टराईले यो निर्णयको घोषणा गरेका हुन् । मन्त्र भट्टराईले त्रिभुवन विमानस्थलको व्यापक सुधारको कार्ययोजना पनि सार्वजनिक गरेका छन्।

यो विमानस्थल सुधारसँगै रामेछाप विमानस्थललाई आन्तरिक विमानस्थलको विकल्पका रूपमा प्रयोग गर्न स्तरोन्नति गरिने पनि बताए ।  उनले त्रिभुवन विमानस्थल क्षेत्रमा सरकाले तोकेको संवैधानिक निकायका सम्माननीय उपाधि पाएकालाई मात्रै गाडीसहित जान दिइने पनि बताए।

जस अनुसार राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखले गाडीसहित प्रवेश पाउनेछन्।  मन्त्री भट्टराईले त्यसक्रममा पशुपति, नेपाल वायुसेवा, लुम्बिनीसहितका प्रमुख क्षेत्र सुधारको कार्ययोजना पनि ल्याएका छन्। उनले नेपाल वायुसेवाका सबै जहाजबाट देश विदेशमा उडान गर्ने गरी काम गर्न लागिएको बताए ।

चीनको गोन्झाउमा उडानका लागि सहमति पत्र प्राप्त भइसकेको जनाउँदै उनले अन्य देशमा पनि पहल भइरहेको उल्लेख गरे।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *