समाचार

एपीएफ टोलीले निकाल्यो पौडी खेल्ने क्रममा बेपत्ता भएका आचार्यको शब

बाँक -बाँके जिल्लाको कोहलपुर नगरपालिका १२ चपरगौढीस्थित डुढुवा खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक जनाको शव जेठ ३२ गते एपीएफ टोलीले निकालेको छ ।

बाँके जिल्लाको कोहलपुर नगरपालिका २ बस्ने २८ वर्षीय मुक्तिप्रसाद आचार्य सो खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएको भन्ने खबर पाएपछि सशस्त्र प्रहरी बल, नेपाल नम्वर ५४ गुल्म हेक्वा कोहलपुर र सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश शम्शेरगंज बाँकेबाट खटिएको एपीएफ टोलीले निज आचार्यको शव निकालेको हो ।निज आचार्यको शव एपीएफ टोलीले स्थानिय प्रहरीमा बुझाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close