समाचार

सामाजिक सञ्जाल फेसबुक मार्फत गालीगलौज गरेको भन्दै पक्राउ परेका दुई जना रिहा

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामाजिक सञ्जाल फेसबुक मार्फत गालीगलौज गरेको भन्दै कैलालीको लम्की बाट पक्राउ परेका हृदय उपाध्यायलाइ प्रहरीले आज रिहा गरेको छ ।

नेपाली कांग्रेशका जिल्ला नेताहरुको रहोबरमा आयन्दा यस्ता स्ट्याटस नलेख्ने गरी प्रहरीले उनलाइ रिहा गरीएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता डिएसपी दक्ष कुमार बस्नेतले बताउनुभयो ।

२६ वर्षीय उपाध्याय नेविसंघ कैलाली क्षेत्रनम्बर २ का क्षेत्रिय उपाध्यक्ष हुन । यस्तै नेपाल प्रहरीका प्रबक्ता डिआइजि विश्वराज पोखरेलको कमेन्टमा जथाभावी लेखेको आरोपमा प्रकाउ परेका कैलाली घोडाघोडी–५ का मकर रावतलाइ पनि रिहा गरीएको प्रबक्ता बस्नेतले जानकारी दिनु भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *