समाचार

आज फेरी पत्याउनै नसकिने गरी बढ्यो सुनको मूल्य

काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ फेरी बढेको छ । नेपाल सुनचाँदी व्यबसायी महासंघले जनाए अनुसार आज सुनको मुल्य तोलामा १२ सयले बढेको हो ।

अघिल्लो साता केही सुस्ताएको सुनको भाउ आज साताको पहिलो दिन आइतबार एकैदिन १२ सय रुपैयाँले बढेर प्रतितोला ७२ हजार ५ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

त्यस्तै गरी आज तेजावी सुन प्रतितोला ७२ हजार २ सय रुपैयामा कारोबार भइरहेको छ । चाँदी ८५० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । चाँदीको भाउ हालसम्मकै उच्च हो। शुक्रबार प्रतितोला तेजावी सुन ७१ हजार तथा चाँदी ८३० रुपैयाँमा कारोबार भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *