समाचार

१ बर्षअघि डस्टबिनमा फालिएको अवस्थामा भेटिएका बालक यति राम्रा भए । उनको जन्मदिनमा यस्तो उपहार लिएर पुगे- शिशिर भण्डारी

आज हामी पुगेका छौं, ललितरको कसुन्ती हाईटमा रहेको एउटा पवित्र ठाउ,-नेपाल स्नेही काखमा । मनारोगी दिदी बहिनीहरु र उनीहरुबाट जन्मेका सन्तानहरुले नव जीवन पाउने थलोमा आज हामी बाबु भविष्यको जन्मलिन मनाउन पुगेका थियौं । एक बर्षअघि पशुपछि क्षेत्रमा फोहोरको डस्टबिनमा फालिएको अवस्थामा भेटिएका भविष्य निकै राम्रा भएछन् । भविष्यको पालन पोषणका लागि हामीले पनि नेपाल स्नेही काखकी आमा श्रीनेहा पोख्रेललाई सहयोग गर्दै आएका छौं । सोही अनुसार बार्षिय २४ हजार रुपैंया उनको लागि छुट्याएका छौं ।

निर्दोष भविष्यसंगै अन्य थुप्रै बाल बालिकाहरुको भविष्य स्नेही काख नेपालमा फुल्दैछ । स्नेही काखमा फुल्दै गरेका थुप्रै कोपिला जस्ता बाल बालिकाहरुसंगै मामा भान्जा केक्स नेपालबाट ल्याईएको मिठो केक काट्दै हामीले बाबु भविष्यको जन्मदिनको खुशी साट्यौं दर्शकबृन्द यो भिडियो पुरा हेरेर साथ दिनुहोला..स्नेही काख नेपालमा पछिल्लो समयको बर्षाले निकै तनाव दियो । अर्को भवनको निर्माणका चुनौतीहरु र गाह्रो, अप्ठेरोका बिषयमा आमा श्रीनेहा पोख्रेलले बताउनु भएको छ । साथै हामीले भिडियोमै स्नेही काखका लागि बिभिन्न सहयोगीहरुबाट प्राप्त सहयोग रकम पनि बुझाएका छौं ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *