समाचार
ग्लोबल टी–२० मा सन्दीपले फेरी गरे कमाल, उनले लिएको विकेटसँगै जित्यो सन्दिपको टिमले
काठमाडौं । ग्लोबल टी–२० क्यानडामा आज सम्पनन खेलमा टोरन्टो नेशनल्सले मोन्ट्रियल टाइगर्सलाई पराजित गर्दै जित आफ्ना नाममा दर्ता गराएको छ । टोरन्टो नेशनल्सले मोन्ट्रियल टाइगर्सलाई ४ विकेटले हराउन सफल भएको हो । मोन्ट्रियल टाइगर्सले दिएको १३७ रनको लक्ष्य टोरेन्टोले १७।३ ओभरमा ६ विकेट गुमाएर भेट्टाएको दृश्य हेर्न लायक थियो । टोरन्टो नेशनल्सको जितका लागी चिराज सुरीले ५२ रनको अर्धशतकिए योगदान दिए ।
यसअघि पहिले ब्याटिङ गरेको मोन्ट्रियल टाइगर्सले २० ओभरमा ९ विकेट गुमाएर १३६ रन बनाएको थियो । टोरन्टो नेशनल्सबाट खेलेका नेपालका सन्दीप लामिछानेले एक विकेट हात पारेर फेरी चर्चामा छन् । सन्दिप नेपालका त्यस्ता खेलाडी हुन् जहाँ जान्छन् उनको चर्चा सर्वत्र हुन्छ ।

