समाचार

कार्यक्रमका लागि जापान पुगेका फुलन्देकी आमा र सबिना गुरुङलाई विमानस्थलबाटै फर्काइयो

टोक्यो। एक कार्यक्रमको लागि जापान पुगेका हास्यकलाकार उमेश राई (फुलन्देकी आमा) र लोकगायिका सबिना गुरुङलाई जापानको विमानस्थलबाटै नेपाल फर्काइएको छ । उनीहरु तमु धिं जापानको रजत महोत्सवको अवसर पारेर आयोजना गरिएको रोधी साँझ कार्यक्रमको लागि गएका थिए ।तमु धिंले कलाकारद्वयलाई हानेदा विमानस्थल अध्यागमनले ‘प्राविधिक त्रुटि’ देखाई प्रवेशाज्ञा नदिएको बताएको छ । यद्यपि यी दुई कलाकार नभए पनि कार्यक्रम भने तोकिएकै मितिमा हुनेछ ।

तमु धिं जापानले आयोजना गरेको २३ औ रोधी साँझ तथा रजत जयन्ती २०१९ को लागि गएका उनीहरुलाई नेपालस्थित जापानी दूतावासले प्रवेशाज्ञा (भिसा) दिएको थियो तर विमानस्थलबाट बाहिरिने क्रममा भएको चेकजाँचमा प्राविधिक त्रुटि भएको भन्दै उनीहरुलाई फिर्ता पठाइएको तमु धिं जापानले एक विज्ञप्ति प्रकाशित गरी जानकारी दिएको छ । कलाकारद्वय फर्कनु परेकोमा दुःख व्यक्त गर्दै आयोजक संस्था तमु धिंले कार्यक्रम पूर्वनिर्धाति मिति, समय र स्थानमै हुने जानकारी गराएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *