समाचार
रहस्यमय ढंगले विमानस्थलमा प्रवेश गर्छ यो हवाई जहाज, विश्वास गर्नै गाह्रो
काठमाडौं । दुबईमा इमिरेट एयरलाइन्सको फइट ए ३८० विमान विमान स्थलमा रहस्यमय प्रवेशले सबैको ध्यान केन्द्रित गरेको छ। अन्तर्राष्ट्रिय संचार माध्यममा यो भिडियोको चर्चा निकै भइरहेको छ। यो भिडियो भा*इरल भएपछि इमिरेटको फ्लाइटलाई मानिसहरुले ‘आकाशकी रानी’ नामबाट बोलाउन थालेका छन्।
११ सेकेण्डको यो जादुमयी भिडियो वास्तवमै चकित पार्ने खालको छ। इमिरेट एअरलाईन्सले आफ्नो ट्विटरमा यो भिडियो शेयर गरेको थियो, जुन हेर्दा हेर्दै भाइरल भएको थियो। ११ सेकेण्डको यो जादुमयी अद्भु त भिडियो यो समाचार तयार पर्दासम्म २ लाख ५६ हजारले हजारले हेरिसकेका छन्। भिडियोमा सुरुवातको एक सेकेण्डमा आकाश खाली देखिन्छ।
फेरि अर्को सेकेण्डमा अचानक बादलकाबीचबाट जहाज निस्किँदै गरेको देखिन्छ, जुन अवि श्वसनीय लाग्छ। फ्लाइट ए ३८० सन २००८ देखि ५० भवन र ७३ विमानस्थल हुँदै दश करोड ५० लाख यात्रीलाई गन्तव्य सम्म पुर्याइरहेको छ। विमानस्थल माथि मडारिएको बादललाई स्ट्रयाटस बादल भनिन्छ। यो बादल ० देखि १२०० फिटको उचाइसम्म देख्न सकिन्छ। स्ट्रयाटस ल्याटिक शब्द हो जसको अर्थ फैलिएको भन्ने हुन्छ । भिडियो यहाँ लिंकमा छ
प्रतिक्रिया दिनुहोस्



